शिक्षाको विकास गर्न जुटे पूर्व विद्यार्थी

सुन्दर शिरीष÷चौतारा
१२ माघ २०७५– सिन्धुकोटको पुरानागउँ माध्यमिक विद्यालयको पूर्व विद्यार्थी एकता समाजले आपूmहरु शिक्षाको बृहत्तर विकासमा लाग्ने बताएको छ । समाजले हिजो मेलम्ची नगरपालिका– ५ स्थित सिन्धुकोटमा रहेको सिन्धु पुरानागाउँ माध्यमिक विद्यालयमा बृहत् भेला गरी शिक्षाको विकासमा एक भई अघि बढ्ने जनाएको हो ।

भेलाले बिलबहादुर रायमाझीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्ष राधिका नेपाल ढकाल, सचिव सुदर्शन सिग्देल, कोषाध्यक्ष सुरज सिग्देल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा शालिकराम अधिकारी, राजेन्द्र नेपाल, कुमारप्रसाद खतिवडा, रामशरण मिजार, बद्रीप्रसाद पौडेल, मिथिला सिग्देल, विनिता सिक्देल चयन हुनुभएको छ ।मेलम्ची नगरपालिका– ५ का वडा अध्यक्ष सुदर्शन लुईटेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलालाई सम्बोधन गर्दै उहाँले विद्यालय स्थापना कालमा जिल्लामा नै शिक्षा क्षेत्रमा योगदान पु¥याउँदै आएकोमा अब बनेको पूर्व विद्यार्थी समाजले यसको साखलाई झन् उचाईमा पु¥याउने आशा व्यक्त गर्नुभयो । विद्यालयको स्थापना कालदेखि नै विद्यालयसँग नजिक रहेको बिलबहादुर रायमाझीको अध्यक्षतामा समिति बनेकोमा खुसी व्यक्त गर्नुहुँदै उहाँले अब विद्यालयको शैक्षिक गतिविधि अझ मजबुद बन्ने धारणा व्यक्त गर्नुभयो ।

नव निर्वाचित अध्यक्ष रायमाझी सो विद्यालयमा अध्ययन गरेर सोहि विद्यालयको स्थायी शिक्षक समेत रहनुभएको थियो । उहाँले विद्यालयको विकासको लागि थुप्रै पहल गर्नुभएको स्थानीयहरुको भनाई छ । अध्यक्ष भएलगत्तै रायमाझीले शिक्षाको विकासमा आफू सदैव लागिपरिरहने बताउनुभयो । त्यस कार्य सम्पन्न गर्न आपूm एक्लैले गर्न सम्भव नभएकोले सम्पूर्ण पूर्व विद्यार्थी, अभिभाव, शिक्षक समाजसेवीहरुको महत्वपूर्ण भूमिका रहनु पर्ने उहाँको भनाई छ । विद्यालयमा अध्ययन गरेर राज्यको विभिन्न तह र तप्कामा पुगेका छन् । तर विद्यालयको निरन्तर सहयोगमा नरहेकोले आपूmले सबै पूर्व विद्यार्थीहरुलाई एक जुट बनाई अगाडि बढाउने उद्देश्यका साथ यस समाजको स्थापना गरी अगाडि बढाउन लागिएको उहाँले बताउनु भयो । कार्यक्रममा विद्यालयको प्रधानाध्यापक कुमारप्रसाद खतिवडाले पूर्वविद्यार्थीहरुले विद्यालयको शैक्षिक उन्नतिमा खासै चासो नदेखाएको गुनासो गर्नुहुँदै राजनीति, समाजसेवाले मात्रै विकास नहुने हुँदा शैक्षिक विकासमा पूर्व विद्यार्थीहरुले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

५ सय भन्दा बढी पूर्व विद्यार्थी, अभिभावक, स्थानीय व्यक्तिहरु भेला भएको सो कार्यक्रममा कलाकारहरुले आफ्नो प्रस्तुती समेत प्रदर्शन गरेका थिए । कलाकार भिमसेन खतिवडा, उमा श्रेष्ठ, राधिका ढकाल, आशिष रायमाझी लगायत कलाकारले गीत संगीत मार्फत मनोरञ्जन प्रदान गर्नुभएको थियो । त्यस्तै हाँस्य कलाकार निर्मल बस्नेतले आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन गराउनुभएको थियो ।


, ,
Lokpriyasamachar@. Powered by Blogger.