गाउँपालिका महासंघ ३ नं प्रदेशको अधिवेशन जारी

गाउँपालिका राष्ट्रिय महासंघ ३ नम्बर प्रदेशको प्रथम अधिवेशन हिजोबाट सुरु भएको छ । दोलखाको तामाकोशी गाउँपालिका, किर्नेटारमा सुरु भएको सो अधिवेशनको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा प्रदेश भित्रका ७४ गाउँपालिकाले प्रतिनिधित्व गरेको अधिवेशनमा प्रत्येक गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र एक कार्यपालिका सदस्य गरी तिन जनाले उपस्थित रहेको प्रतिनिधित्व रहेको प्रदेश संयोजक ईश्वरचन्द्र पोखरेलले जानकारी दिनुभयो ।
अधिवेशनको उद्घाटन पछि प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदनमाथी चारवटा समूह बनाई छलफल समेत गरिएको पोखरेलले जानकारी दिनुभयो । आज समसामयिक विषयमा प्रस्तुती र छलफल, सहजीकरण समितिबाट नवनिर्वाचित पदाधिकारीको घोषणा तथा प्रस्तावित नामको अनुवोदन हुने छ । त्यस्तै आजै अधिवेशनको समापनसंगै अधिवेशनको निर्णय र घोषणापत्र जारी गरीने संयोजक पोखरेलले जानकारी दिनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.