चर्काे ब्याजदरप्रति उद्योग बाणिज्य संघको ध्यानाकर्षण

लोकप्रिय सम्वाददाता÷बह्रबिसे
५ फागुन, २०७
बैंक तथा वित्तीय संस्थाले आफूखुशी ८ प्रतिशतसम्म ब्याजदर बढाएकोमा बढ्दो व्याजदरले लगानी गर्ने व्यवसायीहरु धरापमा परेको जनाउँदै संघले दर घटाउन माग गरेको हो । ब्याजदरको बढ्दो अनुपातले लगानी गर्न ब्यवसायीहरु भएका छन् । संघकाअनुसार बैंकहरुले अहिले व्यवसायी तथा आम नागरिकले लिने ऋणको ब्याज १५ प्रतिशतसम्म असुल्ने गरेका छन् । यसअघि यो दर बढीमा आठ प्रतिशतसम्म थियो । त्यस्तै सहकारी संस्थाहरुले अहिले ब्याजदर १८ प्रतिशतसम्म पु¥याएको संघको दाबी छ । विभिन्न शिर्षकमा ऋण लिँदा सहकारीहरुले व्यवसायीसँग यसअघि बढीमा १३ प्रतिशत ब्याजमा कारोबार गर्ने गरेको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लामा थप लगानी भित्रने अवस्था रहेकोमा बैंक तथा बित्तीय संस्थाहरुको बढ्दो ब्याजदर बाधक  रहेको व्यवसायीहरु बताउँछन् । जलबिद्युतको विकास गरी उर्जासंकट समाधान नेपालको अभियानमा समेत चर्काे ब्याजदरले बाधा पार्ने अवस्था देखिएको छ । ‘व्यवसयाीहरुले बैंकबाट ऋण लिएर उद्योग, कलकारखानालगायतमा लगानी गरेका छन्,’ संघका अध्यक्ष बेदबहादुर श्रेष्ठ भन्नुहुन्छ– ‘चर्काे ब्याज तिर्नुपर्दा व्यवसायीहरु निरुत्साही भएका छन् ।’
बैंक, बित्तीय संस्थाको सञ्चालक समितिले ब्याजदरको निर्धारण गर्ने गर्दछ । एकतर्फी रुपमा बढाइएको ब्ब्याजदरले स्वदेशमै लगानीको वातावरण नभएको अध्यक्ष श्रेष्ठ बतानुहुन्छ । ‘व्यवसायीहरु आफ्नै देशमा लगानी गर्न नसक्दा विदेश पलायन हुन थालिसकेका छन्,’ उहाँले भन्नुभयो । सिन्धुपाल्चोकमा जलबिद्युत, कृषि, पर्यटन, ढुंगाखानी, क्रसर उद्योग तथा अन्य व्यवसायमा लगानी भइरहेको छ । देशलाई अर्थतन्त्रमा अब्बल बनाउनका लागि लगानी आवश्यक भएकाले बढ्दो ब्याजदर चुनौति रहेको व्यवसायीहरुको भनाई छ ।
५ । बैंक तथा बित्तीय संस्थाहरुले बढाएको चर्काे ब्याजदरप्रति सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले ध्यानाकर्षण गराएको छ । बढ्दो ब्याजदरलाई तुरुन्त घटाउने माग राख्दै  बाणिज्य संघले प्रेस बिज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको हो ।

,