खुल्ला भलिवल प्रतियोगितामा सिन्धुपाल्चोक तेस्रो

काठमाडौँः अनेरास्ववियु सानोठिमी क्याम्पस कमिटी र अखिल क्रान्तिकारी सानोठिमी क्याम्पस कमिटीद्वारा आयोजित खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिमा आयोजक वि टिमलाई हराउँदै आयोजक एले उपाधी हात पारेको छ । प्रतियोगितामा आयोजक वि उपबिजेता हुँदा सिन्धुपाल्चोकको भलिबल टिम तेस्रो भएको छ । 
प्रतियोगितामा तेस्रो भएको सिन्धुपाल्चोकको टिम ।
पुर्ब गृहमन्त्री नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले पुरस्कार वितरण गनुभएको छ । भलिबल प्रतियोगितामा प्रथम, द्धितिय र तेस्रो हुनेले क्रमस ः पचास हजार, तीस हजार र बीस हजार नगतका साथै सिल मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
गत मंगलबारबाट प्रतियोगिता सुरु भएकोे दिएको अनेरास्ववियु सानोठिमी क्याम्पस कमिटी अनेरास्ववियु उपाध्यक्ष उमेश सापकोटाले जानकारी दिनुभयो । प्रतियोगितमा १८ टिमको सहभागीता रहेको थियो ।