पर्यटन वर्ष २०२० सफल बनाउन भिडियो प्रतियोगिता

चौतारा ःनेपाल भ्रमण वर्ष २०२० लाई टेवा र्पुयाउने उद्देश्यले देशव्यापी भिडियो प्रतियोगिता हुने भएको छ । वी वील राइज फाउन्डेसनले प्रतियोगिता गर्न लागेको हो ।
जुनसुकै गाउँठाउँमा रहेका पर्यटकीय महत्व बोकेका विषयलाई भिडियोमा उतारी प्रतिष्पर्धामा भाग लिन सकिनेछ । पुस १५ बाट सुरु भएको प्रतियोगिता ४ महिनासम्म चल्ने प्रतियोगिता चार महिनासम्म चल्नेछ । ‘मेरो गाउँ मेरो ठाउँ भिडियो प्रतियोगिता’ नाम दिइएको प्रतियोगितामा कुनै पनि गाउँको प्राकृतिक, सांस्कृतिक, भेषभुषा, खानपान, कला, आदि जुनै पनि एउटा विषयलाई आधार मानी भिडियो तयार गर्न सकिने आयोजकले जनाएको छ ।
अधिकतम ५ मिनेटसम्मको भिडियो एचडी क्वालिटीमा खिचेर सम्पादन तथा स्कृप्टसमेत समावेश गरी प्रतियोगितामा भग लिन सकिने फाउन्डेसनका अपरेशनल डाइरेक्टर अनुपके बरालले जानकारी दिनुभयो । प्रतियोगितामा समावेश भएका भिडियोमध्ये सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमध्ये सर्वाधिक लाइक, कमेन्ट र सेयर हुने भिडियोलाई पिपुल्स च्वाइस अवार्ड प्रदान गरिने उहाँले बताउँनुभयो ।
दुई विधामा उत्कृष्ट दुई भिडियोलाई नगद १।१ लाख रुपैयाँ प्रदान गरिने बताइएको  छ । प्रतियोगितामा फस्ट रनरअप हुने भिडियोले ५० हजार र सेकेन्ड रनरअपले नगद २५ हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट सम्पादन र उत्कृष्ट स्क्रिप्ट भएको भिडियोलाई पनि २५र२५ हजार रुपैयाँका दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको निर्णायकका रुपमा डकुमेन्ट्री निर्देशक छिरिङ रितार शेर्पा, लेखक तथा डकुमेन्ट्री निर्माता मोहन मैनाली, डकुमेन्ट्री एवं चलचित्र निर्देशक सम्झना उप्रेती, वरिष्ठ साउण्ड विञ प्रदीप उपाध्याय र नेपाल पर्यटन बोर्डको सिइओ दीपक जोशी रहेका छन् ।

Lokpriyasamachar@. Powered by Blogger.