नागरिक समाजसँग साक्षातकार

जिल्लाको सदरमुकाम चौतारामा नागारिक समाजसँग साक्षात्कार कार्यक्रम हिजो सम्पन्न भएको छ । सामुदायिक साराथीको सहकार्यमा इन्टरफेश नेपालले उक्त कार्यक्रम आयोजना गरेका हो ।
कार्यक्रममा जिल्ला भित्रका विभिन्न गैरसरकारी संस्थाहरु, पत्रकारहरु, राजनितिक दलका प्रतिनिधिहरु, स्थानीय नागारिकहरुका साथै चौताराकै जुगल बोडिङ हाई स्कुलका शिक्षक विद्यार्थीको बाक्लो उपस्थिती रहेको थियो ।  कार्यक्रममा हाम्रो समाजको सकारात्मक परिवर्तनमा नागरिक समाजको ठूलो भूमिका हुने कुरा बताइएको थियो । 
समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने त्यस्ता व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्नुका साथै नागारिक समाजसँग सम्बन्धित विभिन्न जानकारीमूलक सन्देश समेत दिइएको थियो । कार्यक्रममा बोल्दै सामुादायिक साराथीका कार्यकारी निर्देशक तारा भण्डारीले २०७२ वैशाखमा आएको महाविनाशकारी भूकम्पले ध्वस्त बनाएका १९ सामुदायिक विद्यालय निर्माणमा सहयोग गरेको बताउनुभयो । २५ सय भुकम्पपिडितलाई राहत वितरण गरेको जानकारी दिदै भण्डारीले भन्नुभयो– ‘अहिले सिन्धुपाल्चोक र काभ्रे जिल्लामा स्थानीय तहको पारादर्शिताको लागि काम गर्दै आएका छौं ।’
नागारिक सामाजका विषयमा बुझाईमा व्यापकता ल्याउन आबश्यक रहेको इन्टरफेस नेपालका कार्यक्रम संयोजक शिवप्रसाद लामिछानेले बताउनुभयो । ‘नागारिक समाज भन्ने वितिकै निश्चित समूह मात्र हो भन्ने बुझाईलाई चिर्न जरुरी छ,’ लामिछानेले भन्नुभयो– ‘आफ्नो व्यतिmगत स्वार्थभन्दा माथी उठेर समाजका लागि काम गर्ने व्यक्ति, समूह र संघ संस्था नागारिक समाज हो ।’

,