खेलाडीको ग्रेडिङका साथै सम्मान

चौतारा साँगाचोकगढी नगरपालिका– ७ मेलचौर स्थित ज्ञान मन्दिर नमुना माविमा हिराहरी तेक्वान्दो डोजाङले जुनियर ग्रेडिङ तथा खेलाडी सम्मान कार्यक्रम गरेको छ ।
शनिबार भएको सो कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिका– ७ को सदस्य कृष्णप्रसाद दंगालको प्रमुख आतिथ्यमा भएको हो । दंगालले कार्यक्रमको अवसरमा खेलाडी राष्ट्रको गहना भएका कारण उनीहरुको विकासमा स्थानीय तहले योजना बनाईसकेको बताउनु भयो । ‘खेल क्षेत्रलाई प्रमुखताका साथ हामीले अगाडि बढाउनु जरुरी छ’, उहाँले भन्नुभयो– ‘खेलको विकास हुन सक्यो भने मात्र समाजलाई समुननत बनाउन सकिन्छ ।’ हिराहरी तेक्वान्दो डोजाङसँग सहकार्य गर्दै तेक्वान्दो गतिविधिलाई थप सञ्चालन गर्न आपूmले पहल गर्ने दंगालले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
ग्रेडिङ कक्षा प्रशिक्षक रमेश गुरुङले लिनु भएको थियो भने पदक जित्न सफल खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो । माघ ५ गते सम्पन्न तातोपानी तेक्वान्दो डोजाङद्वारा आयोजित प्रथम सिन्धु खुल्ला मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगिता– २०७५ मा यस हिराहरी तेक्वान्दो डोजाङको प्रतिनिधित्व गरि पदक जित्न सफल खेलाडीहरुलाई सम्मान गरिएको हो
कार्यक्रमकै बीच हिराहरी तेक्वान्दो डोजाङका संस्थापक तथा डोजाङ प्रमुख रमेश गुरुङले प्रमुख अतिथि र ज्ञान मन्दिर नमुना माविलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । कार्यक्रममा समाजिक व्यक्तित्व, शिक्षक, अभिभावक, स्थानीय युवा,  खेलाडीहरु र डोजाङका सिनियर खेलाडीहरुको उपस्थिति रहेको थियोे ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.