५२ जनाले गरे निःशुल्क आँखा एवम् एचआईभी परीक्षण

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत चौतारा साँगाचोकगढी नागरपालिका– ५ स्थित बसपार्कमा निःशुल्क आँखा एवम् एचआईभी परीक्षण गरिएको छ ।
हिजो भएको सो कार्यक्रममा बसपार्क क्षेत्रका स्थानीय, चालक, सहचालक लगायत ५२ जनाले निःशुल्क आँखा एवम् एचआईभी परीक्षण गराएका थिए । परीक्षण गरिएको सबै व्यक्तिहरुमा एचआईभी नभएको चौतारा अस्पतालका डा. प्रतिक ज्ञवालीले जानकारी दिनुभयो ।
कार्यक्रमलाई नेपाल प्रहरी, स्थानीय निकाय, समुदाय, विद्यालय, संघसंस्थाहरुले सहयोग पु¥याएका थिए ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.