३७ महिलाले गरे स्वास्थ्य परीक्षण

चौतारा अस्पताको आयोजनामा तथा क्यान्सर कियर फाउन्डेसन ताल्छीखेल सातदोवाटोको प्राविधिक सहयोगमा महिलाहरुको पाठेघरको मुख मा हुन सक्ने क्यान्सर सम्वन्धी शिविर सञ्चालन भएको छ ।
हिजो चौतारा अस्पतामा भएको उक्त शिविरमा ३७ जना महिलाहरुले स्वास्थ्य परीक्षण गराएका थिए । स्वास्थ्य परीक्षण गरेका मध्ये २ जनामा क्यान्सरको संकेत देखिएको चौतारा अस्पताको डक्टर पोमावती थापाले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा २ जना डक्टर र ३ जना नर्सहरुले सेवा प्रदान दिनु भएको थियो । महिलामा मात्र लाग्ने पाठेघरमा लाग्ने रोगको वारेमा वाहिर सजिलै भन्न नसक्ने र आफू भित्र दवाएर राखेर रोग जटिल अवस्थामा पुगेपछि मात्र अस्पताल पुग्ने गरेकाले महिलाहरुको पाठेघरमा क्यान्सर हुने गरेको डक्टर थापा बताउनुहुन्छ । समयमा उपचार भयो भने यो रोगवाट बच्न सकिन्छ उहाँले भन्नुभयो ।
शिविरवाट सेवा लिएका अधिकांश महिलामा पाठेघरको संक्रमण देखापरेको डक्टर सदिना देवकोटा र सिता श्रेष्ठ बताउनु भयो । महिलाहरुमा आफ्नो स्वास्थप्रति चासो नभएको र खुलेर रोगको बारे बोल्न नसकेका कारण यस्ता रोगहरु लागिरहेको चिकित्सकहरुको भनाई छ ।
चौतारा अस्पतालले यो सेवा हिजोको दिनबाट हरेक हप्ताको सोमबार र बिहीबार निःशुल्क सञ्चालन हुनेकुरा नर्सिङ इन्चार्ज ज्ञानी खड्काले बताउनु भयो ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.