जेष्ठ नागरीकका लागि निशुल्क स्वास्थ्य शिविर

लोकप्रिय समाचार चौताराः सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका ५ स्थित वृद्धाआश्रममा जेष्ठ नागरीकहरुका लागि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
स्वास्थ्य निर्देशनालय हेटौडाको आयोजनामा स्वास्थ्य शिविर कार्यक्रम भएको हो । 

वृद्धाआश्रम र आश्रम आसपास रहेको वृद्धवृद्धाको स्वास्थ्य परिक्षण गरी उनीहरुको रोग अनुसारको औषधि वितरण गरेको जिल्ला स्वास्थ्य कार्यालय एंवम  चौतारा अस्पतालको प्रमुख डा. पोमावती थापाले जानकारी दिनुभयो । वृद्धावृद्धको स्वास्थ्य अवस्थामा धेरै समस्याहरु देखा पर्ने भएकाले वृद्धवृद्धाको स्थास्थ्य परिक्षण गरेको उहाँले बताउँनुभयो । जिल्ला अस्पतालमा ६० बर्षमाथिका वृद्धवृद्धालाई निशुल्क उपचार हुने समेत बताउनुभयो ।
स्वास्थ्य शिविरले वृद्धवृद्धाको स्वास्थ्य अवस्थामा सुधार आउँने जिल्ला समन्वय समितकी प्रमुख बालकुमारी सापकोटाले बताउँनुभयो । स्वास्थ्य उपचार सम्बन्धित प्रभावकारी चौतारामा मात्रै नभएर १२ वटै स्थानीय तहसँगको सहकार्यमा सबै ठाउँमा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समन्वय समितीबाट वृद्धाआश्रममा भएका वृद्धवृद्धालाई दिवा खाजाको व्यवस्था गर्ने समेत बताउँनुभयो ।
वृद्धाआश्रमका अध्यक्ष माया निरासीले सम्भव भए सातामा एकचोटी र नसकेको खण्डमा महिनाको एक पटक भएपनि वृद्धवृद्धाको जाँच गर्न जिल्ला स्वास्थ्य कार्यालयबाट एकजना नर्स खटाउँनपर्ने बताउँनुभयो । नगरपालिकाले वृद्धाआश्रमको समेत कर लिएकोमा दुखेसो व्यक्त गर्नुभयो ।
स्वास्थ्य निर्देशनालयका नायव सुब्वा शान्तीराम खतविडाले स्वास्थ्य निर्देशनालयमा भएको स्विकृत बार्षिक कार्यक्रम अनुसार चौतारमा स्वास्थ्य शिविर गरको बताउँनुभयो । वृद्धवृद्धाको स्वास्थ्य र आवश्यकता अनुसारको पहिचान गरेर सामाग्रीहरु ल्याएर वितरण गरेको बताउँनुभयो ।

शिविरमा वृद्धवृद्धालाई ढाड दुख्न कम हुने कम्मरमा बाध्ने पेटी, कपडा थर्मकोट, टर्चलाईट, कन्सन्टे«लर अक्सिजन कम्टोलर मेसिन र खाद्यन्यका सामाग्रीहरु वितरण गरिएको छ ।

जेष्ठ नागकिहरुको सुबिधाका लागी  उप स्वास्थ्य प्रशासक राम केसीको नेतृत्वमा सिन्धुपाल्चोक आएको समुहले उक्त सेवा प्रदान गरेको हो । आफुहरुले सिन्धुपाल्चोकमा रहेको बृद्धाश्रममा आएर जेष्ठ नागरिकको सेवागर्न पाउँदा अती खुशी लागेको समेत केसीले बताउँनु भयो ।
उक्त अबशरमा करिब एक लाख अठारहजार बराबरको औषधी तथा खाद्यन्नहरु बितरण गरिएको थियो । 





, , ,
Lokpriyasamachar@. Powered by Blogger.