जोखिममा परेको भूकम्प पीडितले पाए लालपूर्जा

बाह्रविसे नगरपालिका– ७ बिम्बुको जोखिममा परेका १४ भूकम्प पीडित परिवारले संयुक्त लालपूर्जा प्राप्त गर्नुभएको छ ।
जोखिममा परेका भूकम्प पीडितलाई जग्गाप्रदान गर्ने ७ जनालाई जग्गा प्रदान गरेवापत अनुदानकको रकमको चेक प्रदान गरिएको छ । ७ परिवारले ऋषिघ्याङ बारीमा पर्ने २८ रोपनी क्षेत्रफल जग्गा मध्ये जनही २ रोपनीको दरले प्रदान गरेका थिए । जोखिममा परेका १४ परिवारलाई बाह्रविसे नगरपालिकको उप्रप्रमुख सुशिला पाख्रिनले लालपूर्जा वितरण गर्नुभएको थियो ।
जग्गा प्रदान गर्नेहरुलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार सिन्धुपाल्चोकको आयोजना व्यवस्थापन जयप्रकाश गुप्ताले चेक हस्तान्तरण गर्नुभएको हो । उहाँहरुलाई २७ लाख ४७ हजार ८ सय ५० रुपैंयाको चेक प्रदान गरिएको आयोजनाले जनाएको छ ।
लालपूर्जा हस्तान्तरण गर्दै बाह्रविसे नगरपालिकको उप्रप्रमुख सुशिला पाख्रिनले बिम्बुबासीको लागि यस्तो दुःखको क्षणमा लालपूर्जा प्राप्त गर्नु भनेको सुखको बाटो खुल्ला भएको बताउनुभयो । उहाँले आगामी दिनमा उहाँहरुलाई नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधाहरुमा प्राथमिकता दिईने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार सिन्धुपाल्चोकको आयोजना व्यवस्थापन जयप्रकाश गुप्ताले आउँदो बर्खा अघिनै पुनर्निर्माण सम्पन्न गरेर प्राधिकरणलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

, , ,