विपक्षिकै कारण सरकारप्रति नकारात्मक असर ः प्रचण्ड

अर्जुन शर्मा -कुविण्डे_लोकप्रिय समाचार  पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षि दलले सरकारको विरोध गरेकै कारणले सरकारप्रति जनभावनामा नकारात्मक असर परेको बताउँनुभएको छ ।
बुधबार सिन्धुपाल्चोकको चौतारा साँगचोकगढी नगरपालिका ४ स्थित कुविण्डे स्थित सेतिदेवि पञ्चकन्या माध्यामिक विद्यालयको बार्षिकउत्सव तथा भवन उद्घाट सामारोहमा बोल्दै विपक्षि दलले सरकारको विरोधकै लागि विभिन्न खालका अश्रको प्रयोग गरेको समेत उहाँले भनाई राख्नुभयो । 


देशमा विकास गरी स्वदेशमै युवा शक्तिलाई रोजगारीको अवसर प्रदान हुने समेत उहाँले बताउँनुभयो । रोजगारीको मौलिक हकको रुपमा हेरेर सरकारले बेरोगार युवाहरुलाई बेरोजगार भक्ताको व्यवस्था गर्न लागेको समेत उहाँको भनाई छ ।
‘गरिबको छोराछोरीले आर्थिक अभावले पढ्न नपाउँने अवस्थाको अन्त्य भएको छ’ उहाँले भन्नुभयो, पढ्न नसकेमा सरकारले नै निशुल्क शिक्षा प्रदान गर्छ । साथै गष्रविको अभावले कसैले उपचारबाट बञ्चित हुनु नपर्ने समेत बताउँनुभयो । उपचार गर्न नपाएको खण्डमा उजूर िगर्दा समेत सरकारले उपचार गर्न सहायोग गर्ने उहाँले जनाउनुभयो ।
दुई तिहाईको बहुमत रहेको सरकारले पछिल्लो समयमा देश विकासको लागि धेरै प्रयासहरु गरेको उहाँको भनाई छ । छिमेकी दुई ठुला देश चिन र भारतसँगको सहकार्यमा देशमा विकासको आधार तयार गर्न लागेको समेत उनले बताए । पार्टी एकतापछिको एक बर्ष पुरा भैसकेको भएपनि जतभावना सम्म पुग्न नसकेको अवस्थामा आगामि दुई महिनाभित्र तत्लो तहसम्म जनसंगठन तयार गर्ने बताउँनुभयो । दश बर्षभित्र देशमा राजतिनितिक अस्थिरताको अन्त्य हुने समेत बताउनुभयो । देशमा अव राजतिनिक अस्थिरताको अन्त्य भएर विकासको दिशामा लागेको समेत जनाउँनुभयो ।
देशको शैक्षिक स्थितिको सुधार गर्नको लागि निजि विद्यालयलाई नियन्त्रणमा लिएर व्यवसायिक र प्राविधिक शिक्षामा वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । कृषि र व्यवसाायिक शिक्षा सहजै प्दान गर्नका लागि सरकारले शैक्षिक परिर्वतनको बिशेष योजना तयार गर्न लागेका समेत जनाउनुभयो । सिन्धुपाल्चोकवासिको लागि कृषि उत्पादनमा बिशेष जोड दिएर आधुनिक कृषि उतपादन गर्नुपर्नेमा सरकारले पहल गर्ने बताउनुभयो ।।

बन्द नेपाल र चिन सरकारबिचको प्रमुख व्यापारीक तातोपानी नाका सञ्चालनमा ल्याउनको लागि आफुले सक्दो पहल गरेको समेत बताउँनुभयो । तातोपानी नाका देशको अर्थतन्त्रसँग जोडिएको भएकाले सरकारले तातोपानी नाका सञ्चालनमा ल्याउन पहल गरेका उहाँले भनाई राख्नुभयो ।
सिन्धुपाल्चोकको शैक्षिक स्थितिमा सुधार ल्याउनको लागि आफ्नो ठाउँबाट सक्दो पहल गरेको सांसद तथा पूर्व मन्त्री अग्निप्रसाद सापकोटाले बताउनुभयो । विसकाको आधार भनेकै शिक्षा भएकाले व्यवहारीक र प्राविधिक शिक्षा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा सांसद शरेस नेपाल, नेकपाका केन्द्रिय सदस्य माधव सापकोटा सुवोध, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ, बलेफि गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीलगाएतको उपस्थिती रहेको थियो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा नेकपाका केन्द्रिय सदस्य कृष्णप्रसाद सापकोटाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । भने विद्यालयका प्रध्यानाध्यापक कृष्णप्रसाद सापकोटाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.