२ सय ५० विद्यार्थीलाई झोला


लिसंखुपाखर गाउँपालिका– ७ ठूलोपाखरमा रहेको संन्सारीमाई माध्यमिक विद्यालयका २ सय ५० विद्यार्थीलाई झोला वितरण गरिएको छ । झोला पाएपछि विद्यार्थीहरु निक्कै खुसी भएका छन् ।
विद्यालयको २८ औ बार्षिकोत्सवको अवसरमा बिहीबार दी सिन्धुपाल्चोक विजनेश क्लब र सिन्धुपाल्चोक चेम्र्बस अफ कर्मसले विद्यार्थीहरुलाई झोला वितरण गरेको हो । विद्यालयका २ सय ५० विद्यार्थीलाई क्लब, कमर्श र स्वेताश्री फाउण्डेशनको सहयोगमा झोला र स्टेशनरी सामग्री वितरण गरिएको थियो ।
राजधानी काठमाण्डौ गएर पेशा व्यवसाय गर्दै आएका सिन्धुबासीको साझा संगठन सिन्धुपाल्चोक विजनेस क्लबका सदस्यले आफूहरुले कमाएको नाफाको केही प्रतिशत शिक्षालगायत सामाजिक कार्यमा खर्च गर्ने उद्देश्यअनुसार विद्यार्थीलाई झोला र स्टेशनरी सामग्री वितरण गरेको अध्यक्ष अमृत खड्काले जानकारी दिनुभयो । सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै आएको क्लबले सिन्धुपाल्चोकका दुई दर्जन बढी सामुदायिक विद्यालयका करिब ५ हजार विद्यार्थीहरुलाई हालसम्म स्कुल ब्याग वितरण गरिसकिएको जनाएको छ ।
‘हामीले विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिरहेका छौं’, क्लबका अध्यक्ष खड्काले भन्नुभयो– ‘हामीले कमाएको रकमको केही हिस्साबाट विद्यार्थीहरुको जीवनलाई सुनौलो बनाउन सक्यौं भने यसले सार्थकता पाउँछ भन्ने हामीले ठानेका छौं ।’
सामुदायिक विद्यालयका गरीब विद्यार्थीले स्कुल ब्याग अभावमा अध्ययन गर्न नछोडुन भनेर आपूmहरुले सहयोग गरेको सिन्धुपाल्चोक चेम्र्बस अफ कर्मशका उपाध्यक्ष राम श्रेष्ठले बताउनुभयो । ‘झोला नहुँदा विद्यार्थीई कापी किताब बोक्न समस्या भएका हामीले पायौं’, श्रेष्ठले भन्नुभयो– ‘त्यहि कारणले हामीले सामुदायिक विद्यालयका गरीब विद्यार्थीहरुलाई सहयोग गर्दै आएका छौं ।’ आगामी दिनमा अन्य विद्यालयहरुमा पनि झोला, स्टेशनरी लगायतका सामग्री वितरण गरिने श्रेष्ठले जानकारी दिनुभयो ।

, , , , , ,
Lokpriyasamachar@. Powered by Blogger.