पालिका प्रमुखहरुकै सरुवा !


सुन्दर शिरीष÷चौतारा
१० फागुन २०७५– कर्मचारीहरुको सरुवा भएको हामीले सुन्दै आएका भएपनि जनप्रतिनिधिहरुकै सरुवा भएको भने हाम्रो लागि अनौठो विषय हो । तर, सिन्धुपाल्चोकको अधिकांश स्थानीय निकायका प्रमुखहरुको सरुवा भएको छ ।
सिन्धुपाल्चोक सहित काभ्रेपलाञ्चोक र दोलखाको आधिकारिक तथ्याङ्क राख्ने सरकारी निकाय तथ्याङ्क कार्यालय काभ्रेपलाञ्चोकले भर्खरै प्रकाशन गरेको जिल्ला वस्तुगत विवरण सिन्धुपाल्चोक– २०७५ नामक पुस्तकमा सिन्धुपाल्चोकको १० पालिका प्रमुखहरुलाई सरुवा गरिएको हो ।
तथ्याङ्क पुस्तकले चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङलाई बाह्रविसे नगरपालिकामा सरुवा गरिदिएको छ भने उहाँको ठाउँमा बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पालाई कायम गरिदिएको छ ।
त्यस्तै सरुवाको मारमा गाउँपालिकाका अध्यक्षहरु पनि परेका छन् । लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाललाई जुगल गाउँपालिकाको अध्यक्ष बनाईएको छ भने जुगल गाउँपालिकाको अध्यक्ष होमनारायण श्रेष्ठलाई लिसंखुपाखर गाउँपालिकामा पु¥याईएको छ । भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेललाई पाँचपोखरी थाङ्पाल गाउँपालिमा पु¥याईएको छ । भोटेकोशी गाउँपालिकामा भने बलेफी गाउँपालिकाको अध्यक्ष केदार क्षेत्रीलाई बनाईएको छ ।
जिल्लाभरका सम्पूर्ण तथ्याङ्कहरु समेटिएको उल्लेखित उक्त पुस्तकको १ सय ५० पृष्ठमा बलेफी गाउँपालिकाको अध्यक्षमा सुनकोशी गाउँपालिकाको श्रवणकुमार जिसी र सुनकोशी गाउँपालिकामा त्रिपूरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठलाई तोकिएको छ । त्यस्तै हेलम्बु गाउँपालिकामा पाँचपोखरी थाङ्पालका अध्यक्ष टासी लामा ह्योल्मो र हेलम्बु गाउँपालिकाको अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई त्रिपुरासुन्दरी गाउँपालिका पु¥याईएको छ ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्याल र इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङलाई भने साविककै स्थानीय तहमा यथावत गरिएको छ । तर उप प्रमुख तथा उपाध्यक्षहरुको भने तथ्याङ्क यथावत रहेको छ ।तथ्याङ्क कार्यालयले यस्तो गलत तथ्याङ्क सार्वजनीक गरेपछि स्थानीय तहका जनप्रतिनिधिहरु आश्चर्यमा परेका छन् । यस्तो गलत तथ्याङ्क सार्वजनीक गर्ने निकायलाई कारबाही गर्नुपर्ने उहाँहरुको धारणा रहेको छ । आपूmहरुलाई जानकारीनै नदिई जिल्लाको बस्तुगत विवरण नाम दिएर गलत तथ्याङ्क राखी पुस्तक प्रकाशन गर्नु गैरजिम्मेवारी पन भएको उहाँहरुको भनाई छ ।
तथ्याङ्क कार्यालयले निकालेको गलत तथ्याङ्कप्रति गाउँपालिका महासंघका अध्यक्ष समेत रहनुभएका जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले यस्ता गलत विवरण प्रकाशन भएको तथ्याङ्क पुस्तक बन्द गर्नुपर्ने बताउनु भयो । ‘यो पुस्तकमा हामीलाई सरुवा गरिएको रहेछ’, श्रेष्ठले भन्नुभयो– ‘गलत तथ्याङ्कले सन्देश नकारात्मक  हुन जान्छ, यस्को वितरण रोक्नुपर्छ ।’ संघ संस्था, निकायहरुले के–के पुस्तक निकाल्छन् त्यसको पछि लाग्न नसकिने धारणा राख्नुहुँदै अध्यक्ष श्रेष्ठले त्यसप्रति उहाँहरुनै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
त्यस्तै सो पुस्तकमा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको तर्फबाट शुभकामना मन्तव्य समेत राख्नुभएका समितिका प्रमुख कृष्णगोपाल तामाङले आपूmलाई यसबारे केही जानकारी नभएको बताउनुभयो । ‘खै मलाई त यो पुस्तकको बारेमा केहि थाहा भएन, शुभकामना दिने त कुरै छैन,’ उहाँले भन्नुभयो ।
त्यस्तै आपूmलाई पुस्तकमा सरुवा गरेको थाहापाए पछि चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले आश्चर्य मान्दै भन्नुभयो– ‘हामी त सरुवा पो भएछौं ।’ उहाँले वास्तविक तथ्याङ्क सङ्कलन नगरी हचुवाको भरमा गरेको कारण यस्तो हुन गएको धारणा राख्नुभयो । ‘मनपरि ढंगले तथ्याङ्क राखेर हुन्छ ?’, उहाँले भन्नुभयो– ‘यो सरासर उहाँहरुको कजोजोरी हो ।’
यता यस्तो गलत तथ्याङ्क कहाँबाट ल्याउनुभयो भन्ने प्रश्नमा तथ्याङ्क कार्यालय काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख एवम् तथ्याङ्क अधिकृत विमलकुमार यादवले ‘कपी पेष्ट’को कारणले यस्तो भूल भएको स्वीकार्नु भयो । ‘तथ्याङ्क राख्ने बेलामा कपि पेष्ट भएको कारण यस्तो हुन पुगेको हो’, उहाँले भन्नुभयो– ‘यसलाई सच्याएर हामी पुनः प्रकाशन गछौं ।’

,