‘श्रमजीवि पत्रकारको पक्षमा छौं’

प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य चेतनाथ धमलाले काउन्सिल सदैव श्रमजीवि पत्रकारहरुको पक्षमा रहेको बताउनुभएको छ ।
बिहीबार नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको सभाकक्षमा पत्रकारहरुको आचारसंहिता सम्बन्धि डिजिटल सम्वाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै धमलाले सञ्चारगृहहरुले न्यूनतम पारिश्रमिक लागु गरी पत्रकारहरुको आर्थिकस्तर उकास्न सघाउनुपर्ने बताउनुभयो ।
‘सञ्चारकर्मीहरुले पनि आफ्नो पेशाप्रति मर्यादित हुन आवश्यक छ’, धमलाले भन्नुभयो– ‘संयोगले कुनै गल्ति कमजोरी हुन गए त्यसलाई तत्काल सच्याउनु पर्दछ ।’ स्थानीय सञ्चारमाध्यममा ५० प्रतिशत मौलिक विषयवस्तु हुनुपर्ने बताउँदै उहाँले फेक न्यूजहरुबाट बच्नुपर्ने राय प्रस्तुत गर्नुभयो । पत्रकारहरुले पुरस्कार थाप्ने परिपाटीको अन्त्य गर्नुपर्ने औंल्याउदै पुरस्कार, सम्मानप्रति पत्रकारहरु आफैं सचेत हुनुपर्ने धारणा राख्नुभयो ।
सञ्चार माध्यममा विभेदकारी शब्दहरुको प्रयोग बढ्दै गईरहेको प्रति चासो व्यक्त गर्दै त्यस्ता शब्द र उखान टुक्काको प्रयोग नगर्न पत्रकारहरुलाई सुझाब दिनुभयो । ‘एउटा गलत समाचारले ठूलो असर पु¥याउन सक्छ, त्यसप्रति पत्रकार सधैं चनाखो हुनु पर्दछ’, उहाँले भन्नुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका मूख्य अधिकृत झविन्द्र भुसालले सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन डिजिटल प्रविधि प्रयोगको सुरुवात गरिसकिएको जानकारी दिनुहुँदै जसबाट सञ्चार माध्यम र काउन्सिल दुबैलाई सहज हुने बताउनुभयो । अनलाईनले बढी आचार संहिता उल्लंघन गरेको उजुरी परेको उल्लेख गर्दै भुसालले २०७५ साउन देखि पौषसम्म काउन्सिलमा ३ सय ७२ उजुरी परेको बताउनुभयो ।
‘सञ्चार माध्यमले धेरै सकारात्मक कार्य गरेको छ, तर केहि नराम्रा पक्ष पनि देखिएको छ’, उहाँले भन्नुभयो– ‘त्यसलाई सच्याउँदै लैजान जरुरी छ ।’ भुसालले पत्रकार आचार संहिता २०७३ अनुरुप कार्य गर्न सञ्चारकर्मीहरुलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले पत्रकार भनेको सञ्चारको सम्वाहक भएका कारण सही सूचना प्रदान गर्नु उहाँहरुको दायित्व भएको बताउँदै हामीहरु सरकारी निकायका व्यक्तिहरुले उहाँहरुलाई सही सूचना प्रदान गरी कुनाकन्दराका नागरिक सामु पु¥याउन सहयोग गर्नु कर्तव्य भएको बताउनुभयो । विपद्को समय तथा आपतकालिन अवस्थामा आफ्नो ज्यूज्यानको प्रवाह नगरी नागरिकहरुलाई सुसूचित गराउने र सही सूचना प्रवाह गरी सम्बन्धित निकायहरुलाई समेत ध्यानाकर्षण गराउने कार्य सञ्चारमाध्यमको भएकोले त्यसलाई संरक्षण गर्नु राज्यको रादित्य भएको उहाँले बताउनुभयो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख मुकुन्द मरासिनीले कार्यालयमा सूचना कक्षको व्यवस्था र सूचना अधिकारीको व्यवस्थाले आपूmहरुले गरेकोले सम्पूर्ण सूचनाहरु त्यस कक्षबाट लिन सकिने उहाँले बताउनुभयो ।    कार्यालयको कुनै सूचना दिन आनाकानी गरेमा सिधैं आपूmलाई सम्पर्क गर्न समेत उहाँले सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख अमानसिं तामाङले सञ्चाकर्मीहरुले देशमा भएका विभिन्न परिवर्तनहरुमा ठूलो सहयोग पु¥याएको स्मरण गर्दै नगरपालिकामा हुने सम्पूर्ण गतिविधिहरुको सत्य तथ्य कुरालाई बाहिर ल्याउन आग्रह गर्नुभयो । अतिथिहरुलाई स्वागत गर्दै नेपाल पत्रकार महासंघ सिन्धु शाखाका उपाध्यक्ष ज्ञानेन्द्र तिमल्सिनाले सिन्धुपाल्चोकको पत्रकारिताको अवस्था, चुनौति र समस्याको बारेमा प्रष्ट्याउनुभएको थियो ।
नेपाल पत्रकार महासंघ सिन्धु शाखाका अध्यक्ष महेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम प्रेस काउन्सिल नेपालको आयोजनामा सम्पन्न भएको हो ।

,
Lokpriyasamachar@. Powered by Blogger.