लामाचौरमा खेलकुद पर्यटन प्रवर्धन गर्न सकिने सम्भावना

प्याराग्लाईडिङको परीक्षण सफल



सुन्दर शिरीष÷चौतारा
आकाशमा प्याराग्लाइडिङ उडिरहेको दृष्य देख्दा धेरै लामाचौरबासी अचम्मीत भए । यस भन्दा पहिले आफ्नो ठाउँमा त्यस्तो दृष्य नदेखेको उनीहरु उडान क्षेत्र वरपर झुम्मिए ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ९ कदम्बास स्थित लामाचौरमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो । आधा घण्टासम्म भएको प्याराग्लाईडिङ परीक्षण उडान यस क्षेत्रका लागि बिल्कुलै नयाँ र नौलो भएकोेले स्थानीय निकै खुशी र आश्चर्यमा परेका थिए ।
स्थानीय जीतबहादुर तामाङ आफ्नै गाउँबाट मान्छे उडेको देख्दा दंग हुनुभएको थियो । ‘खै मैले त यस्तो कहिल्यै पनि देखेको थिईन, मान्छे पनि आकाशमा उड्ने रहेछन्’, उहाँले आश्चर्य मान्दै भन्नुभयो । परीक्षण उडानको रुपमा २ जना प्याराग्लाईडिङ पाईलटहरुले प्यारासुटबाट आकाशमा उडे । नेपाल प्याराग्ल्याडिङ संघबाट अनुमति लिएर पोखरा प्याराग्लाईडिङ कम्पनीले परीक्षण उडान गरेको संयोजक मिलन पाख्रिनले बताउनुभयो ।यो उडानले नेपालको सिमित पर्यटकीय क्षेत्रमा मात्र सम्भावना रहेको प्याराग्लाइडिङ कदम्बासमा पनि हुन सक्ने देखाएको छ । लामाचौरको आकाशमा प्याराग्लाइडिङ परीक्षण उडान गरे पछि यसको राम्रो सम्भावना देखिएको पाईलटहरुले बताएका छन् ।परीक्षण उडानका लागि आएका नेपाल प्याराग्लाईडिङ तथा ह्याङ््लाईडिङ एसोसिएसनका उमेश केसीले सो ठाउँ प्याराग्लाईडिङको लागि निक्कै उपयुक्त रहेको बताउनु भयो । ‘हामीले सम्भाव्यता अध्ययन एवम् परीक्षण उडानलाई समेत हेर्दा यो ठाउँ प्याराग्लाईडिङको लागि उपयुक्त देखिएको छ’, केसीले भन्नुभयो– ‘अब यसको विकास सँगसँगै प्रचार गर्न सके लामाचौरलाई शाहसिक पर्यटकीय क्षेत्र बजाउन सकिन्छ ।’जुगल हिमश्रृंखलाको मनोरम दृश्य, ग्रामीण बस्तीहरु, हरियाली जंगल एवम् सुनकोशी र बलेफी नदीको लोभ लाग्दो दृश्यावलोकनका लागि यस क्षेत्रको प्याराग्लाइडिङको आकर्षक पक्ष रहेको प्याराग्लाइडिङ पाइलट समेत रहुनभएको केसीको भनाई छ । यस क्षेत्रमा हावाको चाप अधिक रहेकाले प्याराग्लाइडिङ उडानका लागि पोखरा भन्दा पनि उपयुक्त रहेको र ३ हजार फिटको उचाईसम्म उडान गर्न सकिने उहाँले बताउनु भयो ।
प्याराग्लाइडिङ उडानको सफल परीक्षण भएपछि सो क्षेत्रमा प्याराग्लाइडिङ खेलकुद पर्यटन प्रवर्धन गर्न सकिने सम्भावना बढेको छ । तर आपूmहरुलाई स्थानीय सरकारको तर्फबाट भने कुनै सहयोग नभएको संयोजक मिलन पाख्रिनले बताउनुभयो । ‘हामीले शाहसिक पर्यटनको माद्यमवाट यो क्षेत्रमा पर्यटनको विकास गर्ने उद्देश्यको साथ यो प्याराग्लाइडिङ सुरु गरेपनि स्थानीय सरकारले चासो दिएको छैन’, पाख्रिनले भन्नुभयो । आपूm एक्लैको पहलमा काम गरिरहनु परेको उहाँले बताउनुभयो ।
परीक्षण उडान सफल भएपछि अब केहि साता भित्रबाटै नियमित प्याराग्लाइडिङ उडान गरिएने पाख्रिनले जानकारी दिनुभयो । ‘एयरपोर्ट लगायतका पूर्वाधारहरु निर्माण गर्न सुरु गरिसकिएको छ,’ पाख्रिनले भन्नुभयो– ‘इजाजत प्राप्त हुने वित्तिकै हामी नियमित उडान सुरु गछौं ।’

, ,