अपाङ्गता भएकालाई व्यवसायिक तालिम

भोटेकोशी गाँउपालिका– ४ का अपाङ्गता भएका व्यक्तिहरुलाई बाख्रापालन सम्बन्धि व्यवसायिक तालिम प्रदान गरिएको छ । ४ नम्बर वडा कार्यालय, फुल्पिङकट्टीको आर्थीक सहयोगमा वडा अपाङ्ग समितिको आयोजनामा शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा अपाङ्गता भएका व्यक्तिहरुलाई बाख्रापालन सम्बन्धि व्यवसायिक ज्ञान दिइनुका साथै अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४, त्यसको संसोधन ऐन २०७५ सम्बन्धि सचेतना समेत गरिएको थियो । फुल्पिङकट्टीको खोकुण्डोलमा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष साङदोर्जे शेर्पाले अपाङ्गता भएका व्यक्तिहरुको हकहित र अधिकारलाई सुनिश्चित गर्न आवश्यक रहेको बताउनुभयो । ‘अहिलेको बजेट यसको लागि पर्याप्त छैन,’ शेर्पाले भन्नुभयो– ‘आगामी वर्ष यो वजेट बढाई अपा²ता भएका व्यक्तिहरुको लागि विशेष महत्व दिइनेछ ।’
टोल सुधार समिति, खकुण्डोलका अध्यक्ष ङासामु शेर्पाको विशेष आतिथ्यतामा सो कार्यक्रम भएको थियो । कार्यक्रमका सभापतित्व गर्नुभएका वडा अपाङ्ग समितिका अध्यक्ष गेल्पु शेर्पाको वडामा अपाङ्गता भएका व्यक्तिको यकिन तथ्याङ्क नभएकोले सो तथ्याङ्क संकलत गरी अद्यावधिक गरीने बताउनुभयो । तथ्याङ्क अद्यावधिक नहुदा सबै अपाङ्गले समान अवसर नपाएको हुनसक्ने उहाँले शंका व्यक्त गर्नुभयो । जिल्ला अपाङ्ग संघका अध्यक्ष अम्बरबहादुर घलेले प्रशिक्षण दिनुभएको सो कार्यक्रममा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावक सहित ९० जना भन्दा बढी सहभागी भएका थिए ।

,
Lokpriyasamachar@. Powered by Blogger.