सचेतना कार्यक्रम सम्पन्न

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार ऐन सम्बन्धि एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ को सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि एवम् कम्युटर अपरेटर मिना शर्माले आपूmहरु अपाङ्ग भएकाहरुको हक हितको लागि सहयोग गरिरहने बताउनुभयो । उहाँले आगामी दिनमा यो क्षेत्रमा थप कार्यक्रमहरु बढाउँदै लैजाने समेत जनाउनुभयो ।
कार्यक्रममा बोल्दै अपाङ्ग सुरक्षा तथा ग्रामीण विकास संस्थाका अध्यक्ष अम्बरबहादुर घलेले अपाङ्गताको क्षेत्रमा जनप्रतिनिधिहरुले सहयोग गर्नुपर्ने बताउँदै हाल दश प्रकारका अपाङ्गताको वर्गीकरण गरिएकोले तत्काल नगरपालिकाले अपाङ्गता परिचयपत्र वितरण ऐन बनाई परिचयपत्र वितरण कार्य सुरु गर्नुपर्ने बताउनुभयो । प्रशिक्षणकै क्रममानेपाल सरकारले अपाङ्गता भएको व्यक्तिहरुको लागि विभिन्न ऐन नियम बनाएता पनि स्थानीय निकायले त्यसलाई लागु गर्न नसकिएको उल्लेख गर्दै अबका दिनहरुमा नगरपालिकाका सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरु एकजुट भई त्यसलाई लागु गर्न दवाव दिनुपर्ने कुरा समेत उहाँले बताउनुभयो ।
वडा अपाङ्ग समितिको अध्यक्ष दलबहादुर कामीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा अपाङ्ग भएका व्यक्ति, अभिभावक, सरोकारवाला निकाय लगायतको उपस्थिति रहेको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.