राजनीतिक शुद्धीकरणमा जोड

मेलम्ची ः नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राजनीतिक शुद्धीकरणसहित आर्थिक वृद्धिदर सुधार्न सकेमा पाँच वर्ष्भित्र नेपालमा परिवर्तन सम्भव भएको बताउनुभएको छ ।
नयाँ शक्ति पार्टी नेपालको जनसंवाद यात्रा–२०७५ अन्तर्गत सिन्धुपाल्चोकको मेलम्चीमा भएको कार्यक्रममा उहाँले नेपालको विकास नहुनुमा राजनीतिक आडमा भष्ट्राचार मौलाउँदै जानु प्रमुख कारण रहेको बताउनुभयो ।
विभिन्न राजनितिक दलका कार्यकर्ता, उद्योगी, व्यवसायी तथा समाजसेवीको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका क्षेत्रीय कोषाध्यक्ष प्रकाश श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकका उपाध्यक्ष रामकृष्ण चालिसेलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
स्थानीय तहका समस्या र सम्भावना, विकास र समृद्धिको मार्ग्चित्र, असल राजनीतिज्ञका गुण, सङ्घीयता कार्यान्वयनमा देखापरेका चुनौतीलगायतका विषयमा जनसंवाद कार्यक्रम आयोजना गरिएको नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक भरत अधिकारीले जानकारी दिनुभयो ।

Lokpriyasamachar@. Powered by Blogger.