भोलि प्रचण्ड सिन्धुपाल्चोक आउँदै


चौतारा ः नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि सिन्धुपाल्चोक आउँनुहुने भएको छ । 

चौतारा साँगाचोकगढी नगरपालिका ४ स्थित सेतिदेवि पञ्चकन्या माध्यामिक विद्यालयको बार्षिकउत्सब कार्यक्रमको सम्बोधन गर्न प्रचण्ड सिन्धुपाल्चोक आउन लाग्नुभएको हो ।
विद्यालयको ४२ औँ बार्षिकउत्सव, अभिभावक भेला, पूर्वविद्यार्थी पूनमिलन, सेतीदेवि स्मारिक २०७५ विमोचन तथा भूकम्पपछि पुननिर्माण भएको नवनिर्मित भवन हस्तान्तरण समारोहमा सहभागि हुन सिन्धुपाल्चोक आउँन लाग्नुभएको हो ।
कार्यक्रममा बिशेष अतिथिको रुपमा पुर्व मन्त्री तथा सांसद अग्निप्रसाद सापकोटा पनि आउनुहुने कार्यक्रम रहेको छ । कुविण्डे सापकोटाको गृहगाउँ हो ।
कार्यक्रममा नेकपाको पार्टी अध्यक्ष तथा पूर्व प्रधाानमन्त्री उपस्थित हुने भएपछि सुरक्षा व्यवस्थामा पनि कडा पारिएको छ । कार्यक्रमको सबै तयारी पुरा भैसकेको छ । यस विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा (वाली विज्ञान) सञ्चालित छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.