वडा अध्यक्षले वितरण गरे स्लीपिङ ब्याग


प्रजातन्त्र दिवसको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिका– १४ का वडा अध्यक्ष शेरबहादुर श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुलाई स्लीपिङ ब्याग वितरण गर्नुभएकोछ ।

आज वडा कार्यालयमा अपाङ्गता भएका व्यक्तिहरुलाई स्लीपिङ व्याग वितरण गरिएको हो । वडा सदस्य भेषबहादुर नेपाल, लोकप्रिय नेत्रज्योती सञ्चार समूहका कार्यकारी प्रमुख नेत्रबहादुर बस्नेत, वडाका कार्यलय सचिव जीवन भण्डारी, बज्र योगिनी अपाङ्ग मैत्री सहकारी संस्थाका अध्यक्ष चतुरबहादुर तामाड, गाउँले सामुदायक बन सहकारी संस्थाको ब्यबस्थापक ज्ञानु नेपाल लगायतको विशेष उपिस्थतिमा उक्त स्लीपिङ ब्याग वितरण गरिएको हो ।



,
Lokpriyasamachar@. Powered by Blogger.