शिक्षकलाई शिक्षण तालिम

मालिकादेवी सिकाई केन्द्र मेलचौरको आयोजना तथा चौतारा साँगाचोकगढी वडा नं. ७ को आर्थिक सहयोगमा वडा भित्रका विद्यालयका आधारभूत तहका २४ जना शिक्षकहरुलाई एकीकृत शिक्षण विषयक तीन दिने तालिम सञ्चालन भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रम्ख गौरीशंकर पाण्डेको प्रम्ख आतिथ्यतामा सञ्चालन गरिएको तालिममा वडा नं. ७ का वडा अध्यक्ष उमाप्रसाद दुलालले समापन गर्नुभएको थियो । जिल्लामा नै शिक्षाको क्षेत्रमा मालिकादेवी सामुदायिक सिकाई केन्द्र र वडा नं. ७ ले नमूनायोग्य काम गरेको भन्दै तालिमबाट सिकेको ज्ञान र सीपलाई कक्षाकोठामा प्रयोग गरी सिकाई उपलब्धी बृद्धि गर्न प्रमुख अतिथि पाण्डेले सुझाव दिनुभएको थियो ।
आपूmले शिक्षा क्षेत्रमा फरक ढङ्गले काम गर्न चाहेको भन्नुहुँदै वडा अध्यक्ष उमाप्रसाद दुलालले वडालाई नमूना बनाउन आपूmले विभिन्न काम गर्दै आईरहेको जनाउनुभयो । आपूm पनि पूर्व शिक्षक भएकोले शिक्षा विना अन्य विकास असम्भव रहेको उहाँले धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा भित्रका ६ वटै विद्यालयको प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु उपस्थिति रहेको थियो । कार्यक्रम फागुन ३ गतेबाट सुरु भई ५ गते समापन भएको हो । वडा भित्रको शैक्षिक अभिवृद्धि कार्यक्रम अन्र्तगत यहि फागुन १५, १६ र १७ गते प्रतिनिधिमूलक वडा भित्रका शिक्षक तथा सरोकारवाला पक्षहरुलाई वडा नं. ७ को आर्थिक सहयोगमा र मालिकादेवी सामुदायिक सिकाई केन्द्रको आयोजनामा राम्रा अभ्यास गरेका अन्यत्र जिल्लाका विद्यालयमा शैक्षिक भ्रमण समेत तय गरिएको जानकारी केन्द्रका अध्यक्ष पुण्यप्रसाद गजुरेलले बताउनुभयो ।

,