सरकारका विरुद्ध कांग्रेसको देशभर प्रदर्शन

सरकारका पछिल्ला गतिविधिको विरोध गर्दै नेपाली कांग्रेसले देशभर सरकारका विरुद्ध प्रदर्शन गरेको छ । ‘निर्मलालाई न्याय दे’, ‘वाईडवडी काण्डका दोषीलाई कारवाही गर’, ‘संसदीय अधिनयाकवाद अन्त्य गर’, ‘मुल्यबृद्धि फिर्ता गर’ लगायतका नारा सहित कांग्रेसले देशभर प्रदशन गरेको हो ।

नेपाली कांग्रेसले सिन्धुपाल्चोकको दुई क्षेत्रमा प्रदर्शन गरेको छ । नेपाली कांग्रेसका जिल्ला सभापति विकास लामाको पक्षले चौतारामा र कांग्रेसको संस्थापज पक्षका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेत निकटले बाह्रविसेमा विरोसभा गरेको हो ।

पार्टीका जिल्ला सभापति विकास लामाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सांसद निमा लामा, विकास तामाङ, तरुण दलका दोर्जे लामा लगायतका बक्ताहरुले कंचनपुरका निर्मला पन्त हत्या प्रकरण, भ्रष्टचार, इन्धनको मूल्यबृद्धि लगायतका कुराहरुमा विरोध जनाएका थिए । पार्टी कार्यालयबाट नारा जुलुशसहित निस्केको ¥यालीले बजार परिक्रमा गरी टुंडिखेल चोकमा पुगेर कोणसभाको आयोजना गरेका थिए ।
यसैगरी कांग्रेसका संस्थापन पक्षले भने जिल्लाको बाह्रविसे बजारमा विरोध सभाको आयोजना गरेको र यसले सर्वसाधारणमा नकरात्मक सन्देश गएको कांग्रेसका कार्यकर्ताहरुले बताएका छन् । सरकारले प्रतिपक्षलाई पेलेर गएको आरोप लगाउँदै कांग्रेसले पछिल्लो समय सरकारको आलोचना गर्दै आएको छ ।
देशभरका विरोधसभाहरुलाई नेपाली कांग्रेसका नेताहरुले सम्बोधन गरेका छन् । कांग्रेसले गरिरहेको विरोध प्रदर्शनमा कांग्रेसका कार्यकर्ता तथा सबै भातृ संगठनहरुको सहभागिता रहेको छ । पछिल्लो समय सरकारले एकलौटी हिसाबले संवैधानिक परिषद्बाट निर्णय गरेको, चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पारित गरेको लगायतका आरोप लगाउँदै कांग्रेसले सरकारको विरोध गर्दै आएको छ । कांग्रेसले सरकारको अधिनायकवादी चरित्र, निर्मला प्रकरण, ३३ किलो सुन कान्डलगायत विषयमासमेत असहमति जनाउँदै विरोध जनाएको हो ।

Lokpriyasamachar@. Powered by Blogger.