प्रजातन्त्र दिवसमा प्रभातफेरी


६९ औं प्रजातन्त्र दिवसको अवसर पारेर सिन्धुपाल्चोकको चौतारामा प्रभातफेरी कार्यक्रमको आयोजना भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका –५ को कार्यालयबाट शुरु भएको प्रभातफेरी टुँडीखेलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका अध्यक्ष कृष्णगोपाल तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा उपस्थित वक्ताहरुले प्रजातन्त्र प्राप्तीमा जनताको भुमिका महत्वपुर्ण रहेको चर्चा गरेका थिए ।  जिल्लाका विभिन्न कार्यालयका प्रमुखहरु, नगपालिकाका प्रमुख, उपप्रमुख, राजनितिक दलका प्रमुख एवं प्रतिनिधिहरु, सुरक्षा निकाएका प्रमुख तथा अन्य सर्वसाधारणको समेत बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङले प्रजातन्त्रको रक्षा गर्न हामि सबै एकजुट हुुनुपर्ने धारणा राख्नुभएको थियो ।
‘आजको दिन जहानिया राणा शाषनको अन्त्य भएको दिन हो ।’ अध्यक्ष तामाङले भन्नुभयो ‘त्यसैकारण आज आम नागरीकले शिक्षा, स्वास्थ्य, रोजगारी प्राप्त गर्ने अवसर पाएका छौं । ’ प्रजातन्त्र उदयसँगै नेपालमा विकासको थालनी भएको र जनताले आफ्नो विचार समेत व्यक्त गर्न पाएको धारणा व्यक्त गर्नुभयो ।
प्रजातन्त्र दिवसकै अवसर पारेर करेण्ट लागेर मृत्युवरण गर्न पुगेको वाइसिएल सिन्धुपाल्चोकका कोषाध्यक्ष आइमान तामाङको श्रद्धान्जली सभा आयोजना गरीएको छ । सभामा पुर्व कानुनमन्त्री शेरबहादुर तामाङ, प्रदेश नं. ३ का सामानजिक विकास मन्त्री युवराज दुलाल, वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा, जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङ लगाएको उपस्थिती रहेको थियो ।

,