बाह्रविसेको नगपालिकाको अन्तरक्रिया सम्पन्न


बाह्रविसे नगरपलिकाले आफ्नो चालु आर्थिक वर्षमा भएका काम कारवाहीको जानकारी गराउने उद्देश्यले जनप्रतिनिधि र स्थानीयसँग अन्तरक्रिया गरेको छ । नगरपलिकाको सभाहलमा मंगलबार सो कार्यक्रम सम्पन्न गरेको हो ।
लोकप्रिय नेत्रज्योति सञ्चार समूहको समन्वयमा आयोजित अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले नगरपालिका सञ्चालनमा कुनै समस्या नभएको बताउनुभएको छ । नगरसभाका केही सदस्यहरुले सभाको बैठक बहिस्कार गरेको विषयमा बोल्दै प्रमुख शेर्पाले सो कुरा बताउनुभएको हो । गत पुस अन्तिममा तय भएको बैठक नगरसभाका बहुमत सदस्य उपस्थित नभएपछि स्थगित भएको थियो । त्यसपछि ती सदस्यहरुले नगरपालिकाले प्रस्ताब गरेका केही निति तथा योजनामा असन्तुष्टी रहेको भन्दै संसोधन प्रस्ताव राखेको शेर्पाले बताउनुभयो ।

‘उहाँहरुको संसोधन प्रस्ताव कुनै पनि ठोस किसिमको छैन,’ मेयर शेर्पाले भन्नुभयो ‘पत्रकार, बुद्धिजीवि लगायतलाई सँगै राखेर छलफल गर्ने हो भने उहाँहरुको कुनै प्रस्ताव सहि छ भनेर कसैले भन्न सक्दैन ।’ त्यसैले त्यस्ता खालका क्रियाकलापले नगरपालिका सञ्चालनमा कुनै समस्या नपर्ने उहाँले बताउनुभयो ।
नगरपालिकाले यस वर्षको बजेटको समेटिएका सबैजसो योजनाको उपभोक्ता समिति बनाई सम्झौता समेत गरिसकीएको छ । ‘अन्य पालिकाहरुले बीस प्रतिशत पनि बजेट खर्च नभएका समाचारहरु आईरेका छन्, तर हाम्रोमा भने ४८ प्रतिशत भन्दा बढी रकम खर्च भैसकेको छ,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौडेलले भन्नुभयो– ‘यो सबै जनप्रतिनिधिको जागरुकता, कर्मचारीको सक्रियता र स्थानीय जनताको तत्परतामा सम्भव भएको हो ।’
आपूmहरु सँधै जनताको सेवामा रहेको भन्दै बाह्रविसे –४ का वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले बाह्रविसे बजारको व्यवस्थापनको लागि आफूहरु सिलसिलेवर रुपमा खटिइरहेको जानकारी गराउनुभयो । ‘बजार व्यवस्थापन एकै पटकमा हुने काम होईन,’ श्रेष्ठले भन्नुभयो– ‘त्यसैले हामी क्रमशः ढल व्यवस्थापनदेखि काम शुरु गरिरहेका छौं ।’

वडा नं. ८ का वडाअध्यक्ष सुरज लामाले आपूm आफ्नो वडाको विकासको लागि कुनै दलगत रुपमा नहेरी सबैलाई यथासक्य समावेशी ढंगबाट विकास गरिरहेको बताउनुभयो । ‘प्रकृया नपुगेको कामलाई आफ्नो मान्छे भनेर काम गरेका छैनौं भने प्रकृया पुगेमा सबैको काम गरिरहेका छौं,’ लामाले भन्नुभयो– ‘गलत काम गरेर केही वडाअध्यक्ष जेल परिसकेकाले हाम्रोमा सो अवस्था आउन नदिन सचेत भएर लागेका छौं ।’ नगरपालिकामा आएको बजेट नै विकासको लागि अपुग भएकोले त्यसै बजेटबाट सबैलाई चित्त बुझ्ने गरी विकास गर्न नसकिए पनि सकेसम्म सबै पक्षलाई हित हुनेगरी विकासका योजनाहरु बनाईएको उहाँले बताउनुभयो ।
नगरपालिकाले विभिन्न समयमा एकीकृत घुम्ती सेवा मार्फत करिब १७ सय व्यक्तिले सेवा पाएको नगरपालिकाले जनाएको छ ।

, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.