विवाद समाधान गर्न छलफल

सामुदायक मेलमिलाप सेवा केन्द्र चौतारा साँगाचोकगढि नगरपालिका– १४ ले स्थानीय स्तरमा भएका विवाद समाधान गर्नका लागि छलफल चलाएको छ ।


हिजो वडाभित्रका स्थानीयबीच भएको लेनदेन र छिमेकमा भएको झगडा मध्ये दुई वटा मुद्दा सम्बन्धी छलफल भएको हो ।
वडा अध्यक्ष शेरबहादुर श्रेष्ठको प्रमुख अतिथ्यतामा  भएको छलफलमा उहाँले समाजमा मिलेर बस्न र समाजमा रहेका जेष्ठ नागिरकले विगतमा गरेका इमान्दारितामा रहेर सबैले इमान्दारितापूर्वक काम गर्दा समाजमा कुनै  पनि समस्या उत्पन्न नहुने बताउनुभयो ।
त्यस्तै मेलमिलाप संयोजक सुनिल तामाङले साना तिना समस्याहरु मुद्दामा जाँदा पनि एउटाले जित्ने र एउटाले हार्ने भएकोले त्यस्ता समस्याहरुलाई मेलमिलाप गरी समाजमा सबै मिलेर बस्न पर्ने बताउनुभयो । वडाको सभाहलमा भएको काक्रममम वडा सदस्यहरु भेषबहादुर नेपाल, शर्मिला बि.क., लोकप्रिय नेत्रज्योती सञ्चार समूहका कार्यकारी प्रमुख नेत्रबहादुर बस्नेत, डडुवा भवानी शंकर माविका अध्यक्ष बलराम तामाङ लगायतको उपस्थित रहेको थियो ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.