क्लबले १–० ले पराजित गरेको छ ।

प्रथम पाँचपोखरी थाङपाल अध्यक्ष कप सुरु
थाङपालकोट युवा क्लब र गाउँपालिका खेलकुद विकास समितिको संयुक्त आयोजनामा भएको प्रथम पाँचपोखरी थाङपाल अध्यक्ष कप फुटबल प्रतियोगिताको हिजो उद्घाटन भएको छ ।
‘स्वास्थ्यको लागि खेल, राष्ट्रको लागि खेल र पर्यटन विकासको लागि खेल’ भन्ने मूल नाराका साथ पाँचपोखरी थाङपाल गाउँपालिका ४ ढेप्चेत पेमाथाङ समानता खेल मैदानमा सो प्रतियोगिता शनिबारबाट सुरु भएको हो । फुटबल प्रतियोगिताका साथै नवनिर्मीत खेलमैदानको समेत उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न तथा आन्तरीक पर्यटन प्रर्वद्धनका लागि खेलकुद प्रतियोगिताले टेवा पुग्ने बताउनुभएको छ ।
‘खेलकुदले सबै पक्ष र क्षेत्र समेट्ने भएकोले यसको विकास गर्नु जरुरी छ,’ अध्यक्ष लामाले बताउनुभयो । हिजै भएको उद्घाटन खेलमा ह्योल्मो नागी सानू छोप्पा कोटले भोटेनाम्लाङलाई २–० गोल अन्तरले पराजित गरेको छ । त्यसपछिका खेलहरुमा थाङ्पालकोट शिक्षा टीम र इन्द्रावती गाउँपालिका बीच १–१ गोलको बराबरीमा टुङ्गिएको छ ।
हिजै भएको तेस्रो खेलमा वडा नम्बर २ बरुवा र योङ हार्ट क्लब भोताङ बीचको खेल पनि २–२ गोलको बराबरी सम्पन्न भएको छ । हिजोको अन्तिम खेलमा फुटबल क्लब थाङपालकोटलाई थाङ्पालकोट युथ
गाउँपालिकाको संरक्षणमा फागुन २५ गतेसम्म संचालन हुने प्रतियोगितामा प्रथम हुने टिमले ७५ हजार नगदसहित शिल्ड, मेडल, प्रमाणपत्र र उपविजेताले ५० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिका खेलकुद विभागका प्रमुख टासी शेर्पाले जानकारी दिनुभयो । प्रतियोगितामा १७ टिमको सहभागीता रहेको छ ।

, , ,