प्याराग्लाईडिङ उडेको देख्दा स्थानीय खुसी

सुन्दर शिरीष÷चौतारा
हातको पाली बनाएर आकासतिर हेर्दै हुनुहुन्थ्यो ७४ वर्षिय कान्छीमाया तामाङ । आकासमा दुईवटा प्याराग्लाईडिङ चराजस्तै उडेको देख्दा उहाँको ओठमा मुस्कान देखियो । ‘यहि हेर्न म बुढी लौरो टेक्दै आँए, मान्छे पनि चराजस्तै उड्दा रहेछन्,’ उहाँले भन्नुभयो ।
जीवनमा कहिल्यै प्याराग्लाईडिङ उडेको नदेखेको बताउनुहुँदै यहि हेर्न आपूm आधा घण्टा पैदल हिँडेर आएको कान्छीमायाले बताउनुभयो । उहाँजस्तै लामाचौरमा प्याराग्लाईडिङ उडेको हेर्न सयौंको संख्यामा स्थानीयहरु उपस्थित थिए । ‘अचम्मै पो लाग्यो’, उडान हेर्न आउनुभएको स्थानीय मुना तामाङले भन्नुभयो– ‘हाम्रो ठाउँमा आएर यसरी मान्छे पनि उड्लान भनेको कल्पनै गरेका थिएनौं ।’
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ९, लामाचौरबाट शनिबार साहसिक खेल प्याराग्लाइडिङको व्यवसायिक उडान शुरु गरिएको छ । जिल्लामा साहसिक पर्यटनको प्रवद्र्धन गर्ने र प्याराग्लाईडिङमा व्यवसायिकता सुरु गर्ने प्रमुख लक्ष्यका साथ आपूmहरुले उडान सुरु गरेको लामाचौर प्याराग्लाइडिङ तथा ह्याङ्ग्लाइडिङ संघका सचिव मिलन पाख्रिनले बताउनुभयो । प्याराग्लाईडिङले यहाँको आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्यरुपमा वृद्धि हुने उहाँको भनाई छ ।
लामाचौरबाट उडान शुरु गरि जिल्लाको पाखरडाँडा, डाँडागाँउ हुदैं दोलखाको कालिञ्चोक र जुगल हिमशृङ्खलाको दृष्याबलोकन गर्ने संघका सचिव पाख्रिनले बताउनुभयो । अहिले तत्कालको लागि पोखराबाट उडान अनुमति प्राप्त पाइलट ल्याएर उडान गरिएको भएपनि अब भने स्थानीय युवालाई नै प्रशिक्षण दिने योजनामा संघ रहेको उहाँले बताउनुभयो । सुनकोशी नदीमा जलयात्रा ¥याप्mटीङ भर्न आउने पर्यटकलाई प्याराग्लयाइडिङ समेत गराइने उद्देश्यले सो उडान शुरु गरिएको जनाईएको छ । अब प्याराग्लाइडिङ गर्नकै लागि पोखरा जान समय निकाल्न नसक्नेहरुको लागि राजधानी नजिकै र कम शुल्कमा उडान भर्ने सुविधा प्राप्त गर्न सक्ने पाख्रिनले बताउनुभयो ।

 उद्घाटनको अवसरमा लामाचौरबाट ४ जना पाईलटले उडान भर्नुभएको थियो । लामाचौरबाट  उडेर सोहि ठाउँको सिरानचौरमा पाईलटहरुले प्याराग्लाईडिङ अवतरण गराउनु भएको थियो । लामाचौरमा प्याराग्लाईडिङको सम्भावना राम्रो पाईएको पाईलट रोशन बस्नेतले बताउनुभयो । ‘यहाँको मौसम राम्रो पायौं, हिमाली दृष्य हेर्दै प्याराग्लाईडिङ गर्न सकिन्छ’, उहाँले भन्नुभयो– ‘यसमा केहि थप व्यवस्थापन गर्न सकियो भने यो क्षेत्र पर्यटकी क्षेत्र बन्न सक्ने देखिएको छ ।’ ल्याण्डिङ गर्न केहि समस्या देखिएको कारण सो क्षेत्रका केहि रुखविरुवा काटी पूर्वाधार निर्माण गर्न उहाँले सुझाव दिनुभयो ।
चौतारा साँगाचोकगढी नगरपालिकालाई पर्यटकीय क्षेत्र बनाउने अभियानलाई प्याराग्लाईडिङले थप टेवा पु¥याउने नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताउनुभयो । उहाँले यसको उद्घाटन मात्रै नभई निरन्तरता दिन आग्रह गर्नुहुँदै नगरपालिकाले आर्थिक, भौतिक रुपमा यसको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘पर्यटनबाटै नगरलाई समृद्ध बनाउने हाम्रो योजना छ’, उहाँले भन्नुभयो– ‘त्यसकारण प्याराग्लाईडिङको संरक्षण नगरपालिका गर्न तयार छ ।’
प्याराग्लाईडिङले जिल्लाको समग्र पर्यटन विकासमा ठूलो टेवा पुग्नुका जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप मद्दत पुग्ने सिन्धु पर्यटन परिषद्का सभिव मिलन तामाङले बताउनुभयो । लामाचौरमा प्याराग्लाइडिङको उडान सुरु सँगै यस्को लक्ष्यमा प्रगति भए सिन्धुपाल्चोकमा साहसिक तथा पर्यटकीय खेलको विकास हुने पर्यटन व्यवसायीहरु जनाएका छन् ।

, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.