पाँचपोखरीको उपाधि समाज कल्याणलाई


पाँचपोखरी थाङ्पाल गाँउपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कप फुटबलको उपाधि समाज कल्याण युवा क्लब थाङपालथापले जितेको छ ।
आईतबार भएको फाइनल खेलमा नागि छोक्पा श्योनो क्लब थाङपालकोटलाई १–० गोल अन्तरले पराजित गर्दै समाज कल्याणले उपाधि चुमेको हो । फाइनल खेलको ३४ औँ मिनेटमा समाज कल्याणका श्रीकृष्ण तामाङले गोल गर्नुभएको थियो । त्यसपछि खेल अवधिभर कुनै गोल हुन नसकेपछि समाज कल्याणले नतिजा आप्mनो पक्षमा पारेको थियो । प्रथम हुने समाज कल्याणले उपाधि सहित नगद ७५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोश्रो भएको नागि छोक्पा श्योनो क्लबले नगद ५० हजार रुपैँया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडि समाज कल्याणका बिल बहादुर तामाङ, सर्वाथिक गोलकर्ता बरुवाका मनोज राई, उत्कृष्ट गोलरक्षक नागि छोक्पाका नानो लामा र नवोदित खेलाडि थाङपालकोट युवा क्लबका प्रशान्त लामा घोषित हुनुभएको छ । उत्कृष्ट सबैले जनहि ५÷५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
खेल समापन तथा पुरस्कार वितरण समारोहमा बोल्दै पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले खेलकुदले युवामा अनुशासन र लगनशिलता बढ्ने बताउनुभयो । ‘खेलकुद स्वास्थ्यको लागि पनि अति महत्वपूर्ण व्यायाम हो,’ तामाङले भन्नुभयो –‘त्यसैले खेल क्षेत्रको विकासको लागि खेल मैदान निर्माण र विकास गर्न म मेरो तर्फबाट सक्दो सहयोग गर्नेछु ।’ कार्यक्रममा बोल्दै पाँचपोखरी थाङ्पाल गाँउपालिकाका अध्यक्ष टासी लामा ह्योल्मोले जो पहिलो हुन्छ, उसैको इतिहास लेखिने हुँदा पहिलो बन्नको लागि मेहनत गर्नुपर्ने बताउनुभयो । ‘अब खेदकुदको विकासको लािग पाँचपोखरी थाङपाल गाउँपालिका अन्र्तगतका हरेक वडामा खेलमैदान निर्माण गरिनेछ,’ लामाले भन्नुभयो– ‘सबैभन्दा पहिला ढेम्चेत पेमाथाङ समानता खेल मैदानलाई रगंशालको रुपमा विकास गरिने कुरा म यसै मञ्चबाट घोषणा गर्दछु ।’ थाङपालकोट युवा क्लब र गाउँपालिका खेलकुद विकास समितिको संयुक्त आयोजनामा भएको प्रतियोगितामा १७ टिमको सहभागीता रहेका
कार्यक्रममा गाँउपालिकाको क्रिकेट विकासको लागि महत्वपूर्ण योगदान दिएको भन्दै पाँचपोखरी क्रिकेट क्लबलाई दश हजार नगद सहित सम्मान गरिएको थियो । सम्मान प्राप्त गरेपछि क्लबका संयोजक अजय धितालले सो रकममा क्लबले पनि केही रकम थप गरि धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा बनाउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्ने बताउनुभएको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडि पासाङ रेन्जिन लामा, म्याराथन खेलाडि लामबुटी लामा र खेन्डो लामालाई पनि जनही दश हजार नगद सहित सम्मान गरेको थियो ।

, , , , ,