चोरीको मोटरसाईकल सहित ४ पक्राउ


चोरी गरी नम्बर प्लेट परिवर्तन गरिएको मोटरसाईकल सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
शुक्रबार साँझ प्रहरीले विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय जलविरे र प्रहरी चौकी तेम्वाथानबाट खटिएको संयुक्त प्रहरी टोलीले ४ वटा मोटरसाईकल सहित चालकलाई पक्राउ गरेको हो ।
जुगल गाउँपालिका– ५ ढाँडे स्थित शंकास्पद मोटरसाईकल फेला पारि जुगल गाउँपालिका– ४ का अम्मर सापकोटा, दोलखा सिङ्गटीका सुजन गुरूङ, दोलखा नाम्दुका विनोद गहतराज र दोलखा भिमेश्वर नगरपालिका– १ विशाल तामाङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।
मोटरसाईकल नियन्त्रणमा लिई सोधपुछको क्रममा उक्त मोटरसाईकल काठमाण्डौ महानगरपालिका– ८ पशुपति स्थित पार्किङ स्थलबाट चोरी गरि ल्याएको बा ९२ प ९६९ नम्बरको मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी बा ९८ प ५३२५ नम्बर बनाई चलाईरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी र्काालय चौताराको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
चोरीमा संलग्न ४ जना मानिस र बरामद मोटरसाईकललाई महानगरिय प्रहरी बृत गौ थप अनुसन्धानको लागी पठाईएको प्रहरीले जनाएको छ । जिल्लामा चोरीका मोटरसाईकलहरु अरु पनि हुन सक्ने सूचना पाएकोले चोरीका मोटरसाईकलहरु पक्राउ गर्ने कार्यमा सक्रियता बढाईएको प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.