प्रतिबन्धित गाँजाको प्रयोग र सम्भावना

हरेक वर्ष शिवरात्रीसँगसँगै गाँजाको पनि चर्चा चुलिने गर्दछ । थाइल्याण्ड, क्यानडा सहित अमेरिकाका केही राज्यमा समेत गाँजा खेति तथा व्यापार गर्न छुट दिइएको भएपनि नेपालमा भने यसलाई अवैध लागुपदार्थकै सुचिमा राखिन्छ ।
हुन त नेपालको सँसद बैठकमै गाँजालाई प्रतिवन्ध लगाउन नहुने विषयमा विरोध खतिवडाले गाँजामथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने बताउनुभएको थियो । गाँजा प्रयोगमा कुनै कानुनी व्यवधान नभएको नेपालले अमेरिकाको दवावमा हस्ताक्षर गरेको ‘सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स, १९६१’ को आधारमा वि.सं.२०३३ मा ‘लागुऔषध नियन्त्रण ऐन’ लागु भएपछि मात्रै यसलाई प्रतिबन्ध गरेको हो । स्वयम् अमेरिकको १२ राज्यमा गाँजामाथिको प्रतिबन्ध फुकुवा भैसके पनि नेपालमा भने अझै प्रतिबन्ध कायम छ ।
‘सम्पन्न मुलुकले गाँजा व्यापारबाटै आम्दानी गर्न हुने, नेपालका गरिब जनता चाँही बर्षांै जेलमा कोचिएर बस्नुपर्ने ?’ साँसद खतिवडाले फागुन ८ गते सँसद बैठकमा भन्नुभयो ‘गाँजा फुकुवा गर्ने भनेर खुलेआम बेच्न दिने चाँही हैन ।’ खतिवडाले निश्चित ढाँचा र मापदण्ड बनाएर गाँजालाई मान्यता दिनुपर्ने बताउनुभयो । सिंहदरबार बैद्यखानाले समेत विदेशबाट गाँजा ल्याएर औषधि बनाइरहेको उहाँले बताउनुभयो । आयुर्वेदिक उपचारमा समेत गाँजाको प्रयोग गरिन्छ भने गाँजाको डाँठबाट उच्चस्तरीय कागज समेत बन्न गर्दछ । जस्तोसुकै ठाँउमा पनि विना मेहनत सजिलै हुर्कने भएकोले यसको खेतिबाट राम्रो आम्दानी समेत लिन सकिन्छ ।
राजधानीबाट नजिक भएका कारण राजधानीबाट गाँजा लिनकै लागि सिन्धुपाल्चोक आउने गाँजा प्रयोगकर्ता समेत रहेका छन् । राजधानी बाट नजीकमा पर्ने तथा विभिन्न बहानामा सिन्धुपाल्चोक तथा दोलखा घुम्न आउने युवाहरुले सिन्धुपाल्चोकको गाँजा खरिद तथा प्रयोग गर्ने गरेका छन् । चिसो ठाँउमा उत्पादन हुने गाँजा स्वादिष्ठ हुने भएको कारण पनि सिन्धुपाल्चोकको गाँजा प्रयोगकर्ताको रोजाइमा पर्ने नाम नबताउने शर्तमा एक गाँजा प्रयोगकर्ताले बताउनुभयो । ‘सिन्धुपाल्चोकको मुढे साइडको गाँजा अलि बढी ट्रीप दिने खालको हुन्छ ।’ उहाँले भन्नुभयो ‘एक पटक खरीद गरेर चिनजान बनाएको व्यक्तिले मात्र पुनः गाँजा खरीद गर्न सक्छ ।’
जिल्लाका विभिन्न व्यक्ति तथा होटल व्यवसाय सञ्चालन गरेर बसेकाहरुले त्यस्ता व्यक्तिलाई गाँजा वितरण गर्दै आएका छन् । आ.व. ०७३÷०७४ मा लिसंखुपाखर गाँउपालिकाका वर्ष ३८ का घ््याम्छो लामाबाट सात सय ग्राम र काभ्रेपलाञ्चोक जिल्ला धुलीखेल घर भई लिसंखुपाखरकै मुढे वजारमा होटल व्यवसाय सञ्चालन गरी बसेका बर्ष ४३ का अच्युत श्रेष्ठलार्ई ४१ ग्राम गाँजा सहित पक्राउ भएसँगै जिल्लामा गाँजाको कारोबार हुने गरेको प्रमाणीत समेत भएको छ । सिन्धुपाल्चोक जिल्ला अदालतले २०७३ पुस २७ गते श्रेष्ठलाई तीन हजार र लामालाई अठ्ठाइस हजार धरौटीमा छोडेको थियो ।
गाँजाको ऐतिहाँसिक पृष्ठभुमी
परापूर्वकाल देखि नै मानवहरुले केही जडिबुटीहरु धर्मिक उत्सव, जादु र आनन्द प्राप्ति तथा औषधीमुलोका लागि प्रयोग र सेवन गर्दै आएको पाइन्छ । हिन्दु राष्ट्रहरुमा ऋषिमुनिहरुले गाँजा, चरेस, भाङ जस्ता नशालु पदार्थ एकाग्र चित्त हुनका लागि प्रयोग गर्दथे । नेपालमा पनि होली पर्व, शिवरात्री जस्ता विभिन्न हिन्दु चाडपर्वहरुमा समेत गाँजा तथा गाँजाजन्य पदार्थको प्रयोग गर्ने प्रचलन छ । विशेषगरी महादेबले प्रयोग गर्ने नशाको रुपमा लिइने गाँजा महादेब मन्दिर आसपास तथा अवसरहरुमा अत्याधिक प्रयोग हुन्छ । विश्वका विभिन्न राष्ट्रहरुमा परम्परागत धार्मिक र सामजिक दृष्टिकोणबाट विभिन्न नसालु पदार्थहरु प्रयोग गर्ने गरेका छन् ।
प्राचिन समयमा युद्धमा सेनाहरुलाई लागु पदार्थ सेवन गराएर पठाउने गरिन्थ्यो भन्ने कुरा पनि पढ्न र सुन्न पाइन्छ । हाल पनि विभिन्न देशका बुहुचर्चित खेलाडिहरुलाई स्पूmर्तिपना ल्याउन लागु औषधहरुको सेवन गराउने गरेको सुनिन्छ । विश्वका कतिपय स्थानहरुमा अफिमलाई यसको पहिचान पश्चात नै बाथ, लहरे खोकी, डाइरिया आदिको उपचारमा पनि प्रयोग गरेको पाइन्छ । नेपालमा मानिस तथा पशुपंक्षिको विभिन्न रोगमा गाँजालाई औषधिको रुपमा प्रयोग गरिन्छ । लागु औषधहरु प्राचिनकाल देखि वर्तमान समयसम्म पनि परम्परागत रुपमा औषधी उपचारको उद्देश्यले प्रयोग गरिन्छ ।
असरहरु
गाँजाले विशेषगरी युवा वर्गमा असर पु¥याएको छ । विद्यालय तथा क्याम्पस तहमा अध्ययन गर्ने यवायुवतीहरु यसको कुलतमा फसेको पाइन्छ । गाँजा तथा गाँजाजन्य लागुऔषध खरीद गर्नको लागि घरपरिवारसँग रुपैया पैसा माग्ने र सो नपाएमा विभिन्न गलत कार्यमा लागेर भइपनि रकम जुटाई खरिद गर्ने गरेका छन् ।  गाँजाकै कारण काम गर्नुपर्ने उर्जाशिल समय त्यसै खेर गइरहेको हुन्छ । यसले युवायुवतीहरुमा दुव्र्यसन वढाएको, हत्या, चोरीका घटना वृद्धि हुने गरेको छ । लागु औषधको अत्यधिक र लामो समयसम्मको सेवनले मानिसको मृत्यु हुन सक्छ । त्यस्तै संगठित अपराधमा बृद्धि, समाजिक मूल्य मान्यतामा ह्रास तथा राजनीतिमा अपराधिकरणमा पनि गाँजाले भुमीका खेलीरहेको हुन्छ ।
चुनौती
लागु औषध आजको विश्वमा एक प्रमुख चुनौतिको रुपमा देखा पर्दै आएको छ । विकसित, अर्धविकसित तथा विकासोन्मुख सवै खालका मुलुकहरु लागु औषधको कारोवारबाट प्रभावित भए पनि विकसित मुलुकहरु भन्दा अर्धविकसित तथा विकासोन्मुख मुलुकहरुमा लागु औषधको कारोवार गम्भिर समस्याको रुपमा बढ्दै गएको छ । नेपाललाई समेत लागु औषधको कारोवारकर्ताहरुले लागु औषको विश्वव्यापी कारोवारमा ट्रान्जिट राष्ट्रको रुपमा उपयोग गर्दै आइरहेको विभिन्न घटनाहरुले पुष्टी गर्दछन् ।
मूख्य रुपमा खुला सिमाना र कमजोर सुरक्षा प्रणालीका कारण नेपाललाई गाँजा तथा अन्य लागु पदार्थको टान्जिट मुलुकको रुपमा प्रयोग हुने भए तापनि मुलुकभित्रै पनि लागु औषधको विक्री, वितरण, ओसार पसार लगायतका कारोवारहरु हुने गरेको छ । नेपालमा लागु औषध प्रयोगकर्ताहरुले खैरो हेरोइन, गाँजा र अन्य औषधिहरु जस्तैः टिडीजेसिक, डाइजेपाम, नाइट्रोजेपाम, फेन्सिडिल बढी प्रयोगमा ल्याउने गरेको पाइएको अध्ययनहरुले बताएका छन् ।

, , ,