राष्ट्रपति रनिङ शिल्ड कृष्ण रत्नगंगालाई


चौतारा साँगाचोकगढी नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि चौतारास्थित श्री कृष्ण रत्नगंगा माध्यामिक विद्यालयले हातपारेको छ ।
नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको प्राविधिक सहयोगमा आईतबारबाट प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितामा एथेलिटिक्स, रिलेदौड, हाई जम्प, लङ जम्प, र भलिबल जस्ता विभिन्न विधाहरुमा खेल खेलाईएको थियो । नगर भित्रका माध्यमिक विद्यालयहरुवाट १८ वर्ष मुनिको विद्यार्थीहरुको सहभागी रहेको प्रतियोगितामा इर्खु माध्यामिक विद्यालय दोस्रो र सेतिदेवी माध्यामिक विद्यालय कुविण्डे तेस्रो भएको थियो ।
३ नं. प्रदेश संसद शरेस नेपालको प्रमुख आतित्थ्य र नगर प्रमुख अमानसिं तामाङको अध्यक्षतामा आईतबार उद्घाटन गरिएको प्रतियोगिताको समापन सोमबार जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले गर्नुभएको थियो ।
समापन समारोहमा बोल्दै प्रमुख अतिथि कृष्णगोपाल तामाङले जिल्लामै राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्ने अवसर पाएकोमा नगरपालिकालाई बधाई दिनुभयो । ‘खेलले मानिसलाई अनुशासित वनाउदै शान्त समाज निर्माणमा सहयोग पु¥याउदछ,’ तामाङले भन्नुभयो– ‘बौद्धिक तथा शारिरिक मानसिक विकासमा समेत खेलले महत्वपूर्ण सहयोग गर्दछ ।’
चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले खेलले स्वस्थ्यको मात्रै विकास गर्ने नभई खेलले राष्ट्रको विकास समेत गर्ने तर्क गर्नुभयो । ‘मानिसलाई अनुसाशित समेत बनाउँदछ,’ उहाँले भन्नुभयो– ‘खेलकुद सम्बधी विभिन्नको कार्यक्रमहरु नगरपालिकाले गर्दै आएको छ, अबका दिनहरुमा पनि खेल क्षेत्रको विकासको लागि आबश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ राष्ट्रपति रनिङ शिल्ड नगरस्तरिय प्रथम पटक आयोजना गर्न पाँउदा आपूm, खुसी भएको तामाङले बताउनु भयो ।

, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.