फरक–फरक पार्टीका कारण पालिका अध्यक्ष र वडा अध्यक्षबीच द्वन्द

  • आफ्नै कार्यक्रममा उपस्थित भएनन् वडा अध्यक्ष
  • पालिका अध्यक्षद्वारा गुनासो सम्बोधन
कमला गुरुङ ÷ बाह्रबिसे
फरक फरक राजनैतिक दलबाट जनप्रतिनिधि निवर्नचित भएका कारण स्थानीत तहमा द्वन्द देखिन थालेको छ । पछिल्लो पटक यस्तै द्वन्द त्रिपुरासुन्दरी गाउँपालिका– ६ टेकानपुरमा देखिएको छ ।
भूकम्प पछिको पुननिर्माणको अवस्थाको जानकारी दिन गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा द्वन्द सतहमानै देखिएको हो । आफ्नै वडाको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष उपस्थित हुनुभएन । नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित हुनु भएको रामचन्द्र बुढाथोकी लगायत ४ जना वडा सदस्य पनि कार्यक्रममा आउनुभएन् । राजनीतिक द्वन्दका कारण उहाँहरु कार्यक्रममा उपस्थित नभएको स्रोतले जनाएको छ ।
गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले वडामा पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ कि छैन भन्ने विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्नुपर्छ भन्दा हुन्छ भन्दै सहमती जनाएको तर अन्तिम समयमा वडा अध्यक्षले आपूm लगायत वडाका सदस्यलाई पनि कार्यक्रम उपस्थित हुन नदिएको बताउनुभयो । ‘जनप्रतिनिधि भएपछि आफ्नो कतएव्य पूरा नगर्ने, कार्यलयमा नबसी ब्यापार, ब्यबसायमा ब्यस्त रहने अनि उल्टै कार्यक्रममा पनि नआउने ?’, श्रेष्ठले प्रश्न गर्दै भन्नुभयो– ‘उहाँले गाउँपालिकाले गरेको हरेक विकासका काममा विरोध गर्दै आउनुभएको छ ।’ जसले गर्दा स्थानीय सर्वसाधारण भने मार्कामा परेको र पुनर्निर्माण र विकासको कामले तीब्रता लिन नसकेको उहाँको भनाई छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेबाट निर्वाचित हुनुभएको अध्यक्ष श्रेष्ठले भने राजनैतिक दल भन्दा माथी उठेर स्थनीय नागरिकको आवश्यकता अनुसारको काम गर्दै आएको बताउनुहुँदै विकास निर्माणको काम गर्दा राजनैतिक पूर्वाग्रह नराख्न आग्रह गर्नुभयो । यता गाउँपालिकाको उपाध्यक्ष दुर्गादेवी नेपालले पालिका स्तरमा भएका कुनै पनि कार्यक्रमहरुमा आपूmलाई खबर नहुने भन्दै आक्रोस व्यक्त गर्नुभयो । ‘हाम्रै पालिकामा सार्वजनिक सुनुवाईको कार्यक्रम रहेछ तर मलाई थाहा छैन’, उहाँले भन्नुभयो– ‘म पनि निर्वाचनबाटै निर्वाचित भएको व्यक्ति हुँ, तर पालिकामा हुने गरेको कुनै कुरा थाहा हुँदैन ।’
कार्यक्रममा वडा अध्यक्ष नआएपछि सनो वडाको सचिव कुमार घिसिङले निजी आवास पुननिर्माण सम्बन्धी तथ्याङ्क स्थानीय समक्ष प्रस्तुत गर्नु भएको थियो । जसमा ५ सय ४ जनाले सम्झौता गरेकोमा पहिलो किस्ता बापतको रकम सबैले पाएको र दोस्रो किस्ता ४ सय ५७ जनाले, तेस्रो किस्ता ३ सय ९९ ले लिएको घिसिङले जानकारी दिनुभयो  । स्थानीय नागरिक, जनप्रतिनिधि र राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्राविधिकहरुबीच अन्र्तक्रियात्मक कार्यक्रम पनि गरिएको थियो । स्थानीयले आपूmले भोट दिएर विजयी गराएको जनप्रतिनिधिले भूकम्प पीडीत, सुकुम्बासी र विस्थापीत परिवारको बेवास्ता गरेकोमा दुःख पोख्दै आवास निर्माण सम्बन्धी गुनासो राखेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि एवम् गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठले भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपबाट गाउँपालिकाले धेरै क्षति ब्यहोर्नु परेको बताउनुभयो । भूकम्प पछि निजी आवास, विद्यालय, स्वास्थ्यचौकी र साँस्कृतिक सम्पदाहरुको पुननिर्माणको अवस्थाको बारेमा सुशासन, पार्दशिता र जबाफदेहिताका लागि सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिकाको ६ वटै वडामा सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गर्दै अध्यक्ष श्रेष्ठले विपक्षी पार्टीका प्रतिनिधिहरुलाई पनि एकआपसमा भातृत्व र सद्भाव कायम गर्दै कसैको विरोधमा नलागी आफ्नो गाउँ ठाउँको विकास गर्नमा लाग्न अनुरोध गर्नुभयो ।
‘हामी यस वडामा खानेपानी, स्वास्थ्यचौकी, विद्यालय र आवास पुननिर्माणमा कोही कसैले सेवा लिनबाट बञ्चित हुन नदिन लागिपरिरहेका छौं’m उहाँले भन्नुभयो– ‘जे जति समस्या देखा परिरहेको छ त्यसको पनि सानधान गर्दै लैजानेछौं ।’ सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नम्बर ६ का सब–इञ्जिनियर राजेन्द्र शाहीले नागरिकको गुनासोको जबाफ दिँदै सबैलाई पुननिर्माण प्राधिकरणकै मापदण्ड अनुसार घर निर्माण गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रम हामी संस्थाका संयोजक एबम वडा नम्बर ६ का सामुदायिक मेलमिलाप केन्द्रका संयोजक चरित्रकुमार श्रेष्ठको अध्यक्षतामा गरिएको थियो । सो संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक मेलमिलाप केन्द्र वडा नम्बर ६ को समन्वय र त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।

, , ,