नेकपा मालेको प्रशिक्षण

लोकप्रियसमचार


नेकपा माले सिन्धुपाल्चोकले कम्युनिष्ठका नीति, कार्यक्रम र भावि योजनाका बारेमा आफ्ना कार्यकर्तालाई प्रशिक्षण प्रदान गरेको छ । शनिबार चौतारा साँगाचोकगढी नगरपालिका –११, सिम्लेमा सो प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
मुलुकमा बढ्दै गएको महंगी, भ्रष्टचार, बलात्कार, तस्करीको विरोधमा आप्mना कार्यकर्तालाई सचेत गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरीएको नेकपा मालेका जिल्ला सचिव वीरसिं तामाङ्ले बताउनुभयो । ‘हामीले सांसदमा पेश भएको नागरिकता विधयक संसोधन गर्न बनेको ऐनको विरोधमा यो कार्याक्रम आयोजना गरेका हौं,’ सचिव तामाङले भन्नुभयो ।
कार्यात्रलममा प्रमुख अतिथि नेकपा मालेका पोलिटब्यूरो सदस्य कृष्ण राणा र विशेष अतिथि उपत्यका ब्यूरो प्रमुख दिनेश सातीले प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रममा नेकपा ३ नंं. प्रदेशका ब्यूरो सदस्य कृष्णबहादुर ठकूरी लगाएत दर्जनौं नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।