दोलालघाटमा फुटबल प्रतियोगिता हुने


एकाराज श्रेष्ठ, दोलालघाट । दोलालघाट भुम्लु वृहत पर्यटन मेला– २०७६ तथा दोलालघाट महोत्सव– ३ लाई प्रवद्र्धन गर्नको लागि फुटबल प्रतियोगिता हुने भएको छ । महोत्सवलाई लक्षीत गरी चैत १९ गतेबाट भुम्लु गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता हुन लागेको हो ।

सो प्रतियोगितामा भुम्लु गाउँपालिकाका सबै १० वटै वडाबाट वडास्तरीय टिमले एक अर्कासँग प्रतिश्पर्था गर्ने दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबका फुटबल व्यवस्थापन उप समितिका संयोजक सरोज श्रेष्ठले बताउनुभयो । भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले उद्घाटन गर्नुहुने सो प्रतियोगिता गाँउपालिकाकै यो स्तरको पहिलो प्रतियोगिता हो । प्रत्येक वडाले तीन वटासम्म टिम दर्ता गर्न सक्ने संयोजक श्रेष्ठले बताउनुभयो ।
वडाहरुविच मैत्रिभाव बढाउने उद्देश्यले आयोजना गरीएको प्रतियोगिताको सेमिफाइनलसम्मका खेलहरु महोत्सब अगावै सम्पन्न हुनेछन् । फाइनल खेल भने महोत्सबको समापन हुने बैशाख ४ गतेका दिन सञ्चालन गरीने क्लवका अध्यक्ष अष्टबहादुर श्रेष्ठले बताउनु भयो । प्रतिगयोगितामा प्रथम हुने टिमले २० हजार, दोस्रो हुने टिमले १० हजार र तेस्रो हुने टिमले पाँच हजार नगद सहित प्रमाणपत्र, मेडल र ट्रफी पाउनेछन् ।
दोलालघाट पर्यटन प्रवद्र्धन तथा समाज विकास केन्द्र र दुलालेश्वर वातावरणिय तथा समाज सेवा क्लव दोलालघाटको संयुक्त आयोजना आउदो चैत्र २७ गतेदेखि बैशाख ४ गतेसम्म दुई चरणमा सम्पन्न हुने महोत्सवको पहिलो चरणको कार्यक्रम नेपाल सरकारका सुचना तथा संचार मन्त्री एवम् काभ्रेपलाञ्चोक जिल्लाका प्रतिनिधि सभा ३ का साँसद गोकुल प्रसाद बाँस्कोटाले उद्घान गर्ने तय भएको छ । दोस्रो चरणको कार्यत्रमको प्रमुख अतिथिको विषयमा भने निर्णय भइ नसकेको पर्यटनका अध्यक्ष रमेश लामाले बताउनुभयो । दोलालघाटमा आन्तरीक तथा वाह्य पर्यटक भिœयाउने उद्देश्यले आयोजना गरीएको महोत्सवको तयारी चैत्र १४ गतेबाट नै बृहत रुपमा शुरु गरीसकीएको अध्यक्ष लामाले बताउनुभयो ।

, ,