आधुनिक दासता विरुद्ध सामुदायिक नेतृत्व


महिला वेचविखन रोकथामको लागि काम गरिरहेको शक्ति समुहले आधुनिक दासता र गरिबी विरुद्ध सामुदायिक नेतृत्वको लागि अभियान चलाएको छ ।
आधुनिक दासता र गरिबीमा परेकालाई विभिन्न माध्यमबाट रोकथामको लागि समुहलो कदम चालेको हो । नुवाकोटसँग सीमा जोडिएका र लामो समयदेखि चेलीबेटी वेचविखन हुने क्षेत्रको रुपमा चिनिएको सिन्धुपाल्चोकको हैबुङ, थकनी, महाँकाल, इचोक, हेलम्बु लगाएत साविकका विभिन्न १० गाविसमा समूहले सो कार्यक्रम सञ्चालन गरिरहेको शक्ति समुहकी संस्थापक अध्यक्ष चरीमाया तामाङले बताउनुभयो । ‘म आफैं बेचविखनमा परेर पीडा भोगेर आएकी हुनाले अब अरु चेलीबेटीले त्यस्तो पीडा भोग्नु नपरोस् भन्ने मेरो चाहना छ,’ हाल शक्ति समुहकी संरक्षण संयोजक रहनुभएकी चरीमायाले भन्नुभयो– ‘त्यसैले अति प्रभावित ति गाविसहरुमा सचेतना जगाउनको लागि यो कार्यक्रम सञ्चालन गरेको हौं ।’
समूहले आधुनीक दासतामा परेकाहरुको संरक्षणको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरीरहेको छ । विद्यालय भन्दा बाहीर रहेका छ देखि १४ वर्षसम्मको बालबालीकाहरुलाई पुनः विद्यालयमा भर्ना भई पढ्न जाने वातावरण निर्माण गर्न समुहले सचेतनात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । त्यस्तै १५ वर्ष माथिका किशोरकिशोरीहरु उच्च शिक्षा अध्ययनको लागि तयार गर्न पनि समूहले सचेतना गराइरहेको छ ।
बैदेशिक रोजगारीमा जान चाहने किशोरीहरुलाई स्वदेशमै स्वरोजगारीका लागि व्यवसाय गर्न सक्ने बनाउन समुहले विभिन्न तालीमहरु समेत सञ्चालन गरिरहेको संरक्षण संयोजक तामाङले बताउनुभयो । ‘हामी सामान्य तालिम दिएर उनीहरुलाई उसै छोडीदिने पक्षमा छैनौं,’ तामाङले भन्नुभयो– ‘उनीहरुलाई सीपमा दक्ष बनाएर बर्तमान समयको आवश्यकता अनुसार दक्ष बनाएर व्यवसाय सञ्चालन नै गर्न सक्ने बनाउने छौं ।’ समूहले जिविकोपार्जनको माध्यमबाट जोखीम रोकथाम गर्ने योजना अनुसार यस्तो तालीम दिइरहेको हो ।
समूहले डिएफआईडी, युकेको आर्थिक सहयोगमा अपांगता भएका व्यक्ति तथा बालबालीका, गरिबिको रेखामुनी रहेका समुदाय जोखिममा रहेका बालबालीकाहरु, मानव बेचविखन तथा हिंसाबाट प्रभावितहरु र सिमान्तकृत समुदायहरुको पक्षमा वकालत गर्दै आएको छ ।

, , ,