पोषण सम्बन्धि दुई दिने कार्य शाला गोष्टी शुरु

नेत्र बहादुर बस्नेत
सिन्धुपाल्चोक जिल्लामा रहेका १२ वटै स्थानीय पालिका स्तरिय स्वास्थ्य तथा पोषण सम्बन्धि  दुई दिने  कार्य शाला गोष्टी शुरु भएको छ ।

जिल्लामा कार्यरत टुकि सङ्घ सुनकोशिको आयोजनामा जुगल होटलको सभाहलमा भएको कार्यक्रममा १२ वटै पालिकाहरुका पालिकाका प्रमुख उप प्रमुख स्वास्थ्य प्रतिनिधि लगायतका हरुको उपिस्थती रहेको थियो ।टुकि सङ्घ सुआहारा कार्यक्रमको विशेष सहयोगमा जिल्ला सम्मन्वय सिमीतिका प्रमुख कृष्ण गोपाल तामाङ्गको सभापतित्वमा  दुई दिने कार्यशाला गोष्टी  शुरु भएको हो । कार्यक्रममा कृष्ण गोपाल तामाङ्ग ले बिगतको सस्कारलाइ परिबर्तन गर्ने नाममा पोषण युक्त भन्दा स्वादिष्ट खानामा मात्र ध्यान दिदा  कुपषोणको समस्या देखिएको बताउनु भयो । उँहाले बिगतमा  पुर्खा हरुले खादै आयको  कोदोको ढिडो र सिसु लाईगरिबिको खाना भनेर प्रचार गरियो  तर हामिले गल्ति गरेका रहेछौ बास्तबिकता पोषणायुक्त खानेकुरा भनेको त्यहि रहेछ सस्कार परम्पराले ठिक गरेको रहेछ त्यसकारण  हामीले आफै उत्पादन गरेको  सके सम्म अर्गानिक खाने कुरा खायो भने तयसमा बढी पौष्टीक तत्व हुने भएकाले हाम्रा पुर्खाहरु पनी लामो समय सम्म पनी निरोगी रहेको अनुमान गर्न सकिन्छ भन्दै यस्ता खानालाइ हामिले उपयोग गरे मात्र पोषणा युक्त खानेकुरा खान पाईने रहेछ भन्ने आफुलाइ लागेको बताउँनु भयो । गाँउका मानिसहरु अहिलो  पोषण युक्त भन्दा पनि स्वादिष्ट मात्र खाना  खोज्दा समस्या परेको बताउानु भयो। उँहाले साना साना बाल बालीकाहरलाइ लिटो  बनाउँनका झण्झटले अरु पदार्थ खुवाउँदा पनी कुपोषणको समस्या देखीएको हुँदा  यस तर्फ ध्यान दिन पर्ने बताउँदे यो कायृक्रम सिन्धुपाल्चोक जिललामा आबश्यक थियो यो आबशयकतालाइ यो कार्यक्रमले धेरै उपलब्धी   हुने बताउँनु भयो ।
जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा पोमावती थापाको विशेष उपिस्थीतीमा कार्य क्रम भएको थियो। कार्यक्रमको बारेमा जानकारि गराउँनु हुँदै डा  पोमावति थापाले पोषण भन्ने शब्द आफैमा मुल्यवान शब्द भएको  र सुनौलो दिन पनि भयको स्पस्ट पार्दैजिल्लाका १२ वटै तहका प्रमुख उप प्रमुख हरु लगाय स्वास्थ्य प्रमुख हरु   उपिस्थती भयर पोषण सम्बन्धी गोष्टि गरी  पोषण युक्त खानाको बारेमा जानकारी लिन र दिन सकेको र यस ले गर्दा हरेक पालीकामा पोषण को कार्यक्रमलाइ सहजता पगेको बताउँनु भयोे ।
सुआहारा  कार्यक्रम सङ्योजक मनोज मिस्र ले पोषण र कार्यक्रमको आबश्यकता सम्बन्धी  जानकारी  गराउदै  जिल्लामाहजार दिनका आमाहरुले समेत समयको अभाब भयको कारण पोषण युक्त खाघन्न  निर्माण  गर्न समस्या परेको बताउँन थालेकाले सबै परिबारलाइ एकै स्थानमा राखेर पोषण सम्बन्धी जानकारी दिनआबश्यक देखिएको बताउनु भयो
टुकि सङ्घका कार्यकारि निर्देशक ज्ञानेन्द्र पौड्यालले सञ्चालन गर्नु भयको कार्यक्रममा१२ वटै स्थानिय तहका सहभागी रहेको थियोकार्यशाला गोष्टि दुई दिन सम्म चल्ने र यसले हरेक पालिकामा पोषण सम्बनधी हरेक  कार्यक्रम बनाउन सहज हुने    बताइएको छ