देशमा दण्डहिनता बढ्योः पूर्व मन्त्री बस्नेत

देवराज सुवेदी÷मेलम्ची
पूर्व सूचना तथा सञ्चार मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कम्युनिष्ट सरकार आएपछि देशमा दण्डहिनता बढेको आरोप लगाउनुभएको छ । उहाँले अपराधीहरु नियन्त्रण गर्नुका साटो सरकार आफैले संरक्षण गरेको बताउनुभयो ।
सिन्धुपाल्चोकका हेलम्बु गाउँपालिका ३ पाल्चोकको इसिङ आधारभूत विद्यालयको नव निर्मित ३ कोठे भवन उद्घाटन गर्दै उहाँले ओली सरकारको १ वर्षे कार्यकाल निरासा जनक रहेको बताउनुभएको हो । कार्यक्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बु गाउँपालिकालाई शिक्षा क्षेत्रमा नमूना बनाउन लागि परेको बताउनुभयो । उहाँले गुणस्तरिय  शिक्षाका लागि शिक्षक, विद्यार्थी, अभिभावक सबैजना सचेत हुनपर्ने बताउनुभयो ।
जिल्ला आयोजना कार्यन्वयन इकाइ सिन्धुपाल्चोकको ३२ लाख ५५ हजार आर्थिक सहयोगमा निर्मित ३ कोठे भवन उद्घाटन भएसँगै विद्यालयको ११ कोठा भएको विद्यालयका निवर्तमान प्रधानाध्यापक नारायण गिरिले जानकारि दिनुभयो । जिल्लामा भूकम्पले क्षति पु¥याएका अहिले सम्म ७० प्रतिशत विद्यालयको भवन निर्माण सम्पन्न भइसकेको र बाँकी भवन २ वर्ष भित्र सम्पन्न भइसक्ने जिल्ला शिक्षा विकास तथा कार्यान्वयन इकाइ सिन्धुपाल्चोकका प्रमुख गौरीशंकर पाण्डेले जानकारी दिनुभयो ।

, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.