ज्ञानमन्दिर विद्यालय भवन हस्तान्तरण

नेत्र बहादुर बस्नेत
चौतारा साँगाचोकगढी नगरपालिका– ७ स्थित ज्ञानमन्दिर नमूना मावि मेलचौरको नवनिर्मित भवन हिजो एक समारोहकाबीच हस्तानन्तरण गरिएको छ ।


भूकम्पले विद्यालय भवन ध्वस्त बनाएपछि नेपाल हिल्फे वाइल्ग्रिस इभि जर्मनीको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण गरिएको हो । भवन ३ नं. प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालको हस्तान्तरण गर्नुभएको हो ।
भवन हस्तान्तरण समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री दुलालले शिक्षाबाट कोही कहिँ बन्चित हुन नपरोभ भन्ने हेतुले प्रदेश सरकारले शिक्षामा विशेष कार्यक्रमहरु ल्याएको बताउनुभयो । ‘शिक्षा क्षेत्रलाई मजबुद बनाउन प्रदेश सरकार गम्भीर भएर लागेको छ’, उहाँले भन्नुभयो– ‘प्रत्येक नागरिकले वैज्ञानीक शिक्षा प्राप्त गर्न सकुन भन्ने उद्देश्यले विभिन्न योजनाहरु समेत ल्याएका छौं ।’
योजना अन्र्तगत सिन्धुपाल्चोकमा आगामी साउनबाट बहुप्राविधिक विधालय सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । सबै नागिरकले कम्तिमा पनि प्लस टू उर्तीण गरे पछि मात्र न्यूनतम शिक्षा हासिल गरेको मानिने उहाँको धारणा छ ।
शिक्षाको विकासको लागि सरकारले जस्तो सुकै सहयोग गर्न परे पनि पछि नपर्ने  बताउँनुहुँदै मन्त्री दुलालले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षक, विद्यालय ब्यवस्थापन समिति, अभिभावक, विद्याथी, सरोकारवालाहरु जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नागरिकहरुको समृद्धिका लागि ख्याल राख्दै प्रदेश सरकार शिक्षासँगै स्वास्थ्यलाई स्वास्थ्य सेवालाई पनि अगाडि बढाएको बताउनुभयो । ‘
हामीले नागरिकका प्रत्यक्ष सरोकारका विषयलाई गम्भीरताका अगाडि ल्याएका छौं’, उहाँले भन्नुभयो–‘शिक्षासँगै स्वास्थ्य सेवाबाट कोहि नागरिकहरु बञ्चित हुन नपरोस् भनेर प्रदेश सरकारले जनतासँग स्वास्थ्य कार्यक्रम सुरु गरेका छौं ।’
यहि चैत्र १७ गते देखि नै यो कार्यक्रम लागु हुने जानकारी दिनुहँुदै उहाँले सिन्धुपाल्चोक चौतारा अस्पतालबाट यो कार्यक्रम सञ्चालन हुने बताउनुभयो ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले विद्यार्थीहरुको भविश्य जोडिएको क्षेत्रको विकासका दातृ निकायहरुले देखाएको चासोप्रति कृतज्ञता व्यक्त गर्दै यसको निरन्तरताको लागि समेत आग्रह गर्नुभयो । विद्यालय भवन निर्माण भएपछि सुरक्षित तवरले पठनपाठन गर्न सहज हुने बताउनुहँदै तामाङले अब गुणस्तरीय शिक्षामा विद्यालयले जोड निुपर्ने बताउनुभयो ।
‘भवन भएर मात्र मात्र हुँदैन, यसको संरक्षण र ब्यवस्थित सञ्चालन हुनुपर्छ’, उहाँले भन्नुभयो– ‘सुविधा सम्पन्न भवन पाएका छौं, अब गुणस्तरीय शिक्षामा जोड दिनुपर्दछ ।’ नगरपालिका भित्र मात्र होइन जिल्लाका विभिन्न स्थानमा विद्यालय भवन निर्माण गरेर हिल्फेले ठूलो गुण लगाएको बताउनुहुँदै तामाङले हिल्फेले गरेको कामको जति प्रशंसा गरे पनि नसकिने औल्याउनुभयो ।
त्यस्तै जिल्ला शिक्षा विकाश तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख गौरीशंकर पाण्ड्ेले प्रयोगात्मक तथा अनुसान्धानात्मक शिक्षाको विकास अहिलेको आवश्यकता भएको बताउँनुहुँदै त्यसतर्फ विद्यालयले सोच्नुपर्ने धारणा राख्नुभयो । ‘शिक्षालाई व्यवहारिक बनाउन तर्फ हामी लाग्नुपर्ने देखिएको छ’, उहाँले भन्नुभयो– ‘अब पहिलाको जस्तै शिक्षाले समाजलाई समृद्ध बनाउन सक्दैन ।’
विद्यालय हस्तान्तरण समारोहमा भवन निर्माण गर्ने संस्था नेपाल हिल्फे वाइल्ग्रिस इभि जर्मनीका मिखाइल रेबेले नेपालका शिक्षा क्षेत्रमा आपूmहरुले सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि सम्भव भएसम्म सहयोग गरिरहने बताउँनुहुँदै आपूmले नेपालीहरु एकै घरका परिवार सरह भएको अनुभव सुनाउनुभयो ।
हिल्फेका साझेदारी संस्था ग्रामीण सुधार समाजका अध्यक्ष कृष्णबहादुर सापकोटाले भूकम्प पछि भवन निर्माण क्रममा चार करोड ४० लाखको लगानीमा १६ कोठाको भवन निर्माण गरेको र ९ कोठा मरमत गरेको जानकारी दिनुभयो । उँहाले १८ महिनामा भवन तयार गरेर विद्यालय हस्तानन्तरण गरिएको बताउनु भयो ।
कार्यक्रमको सभापतित्व विव्यस अध्यक्ष्य रामकृष्ण दंगालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन पुन्य गजुरेलले गर्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद दंगालले स्वागत गर्नुभएको थियो । उहाँले विद्यालयको भौतिक निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा भवन निर्माणको क्रममा सहयोग गर्ने संघसंस्था वा व्यक्तित्वलाई मायाको चिनो प्रदान गरिएको थियो ।



कार्यक्रमको समापन गर्दै अध्यक्ष दगांलले समाज  परिबर्तन गर्नका लागी पहिले आफै परिबर्तन  हुन पर्ने बताउँदै शिक्षाकाको बिकाशमा सहयोगी  हातहरुले  गरेको सहयोगको जती मुल्याङ्कन गरे पनी नपुग्ने हुँदा अमुल्य सहयोग भएको र भबिष्यमा पनी बिद्यालयलाइ  आबश्यक पर्ने  सहयोग गर्न सबैमा अनुरोध गर्नु भयो ।


, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.