स्वर्ण पदक विजेता भण्डारीलाई सम्मान

तेक्वान्दो खेलका अन्तराष्ट्रिय पदक विजेता प्रेम भण्डारीलाई आइतबार बलेफी गाउँपालिका– ३ स्थित भिमसेन माध्यामिक विद्यालयले सम्मान गरेको छ ।
सिन्धुपाल्चोक जिल्लामा तेक्वान्दो जन्माउन विशेष भूमिका खेल्नुभएको र अन्तराष्ट्रिय प्रगियोगिता स्वर्ण पदक जितेको कारण भण्डारीलाई सम्मान गरिएको हो । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमितिका अध्यक्ष तथा प्रदेश नं ३ का केन्द्रीय सदस्य एवं ३ नम्वर प्रदेश तेक्वान्दो प्रतियोगिता सह संयोजक भण्डारीलाई विद्यालयले सम्मान गरेको हो । जिल्लाका तेक्वान्दो संस्थापक खेलाडी भण्डारी अञ्चल, विकास क्षत्र हुँदै राष्ट्रिय स्तरका कैयन खेलहरुमा आफुलाई अब्बल सावित गर्न सफल भइसक्नुभएको छ ।
२०१८ मा दक्षिण कोरियामा सम्पन्न १२ औं विश्व तेक्वान्दो कल्चर एक्स्पो प्रतियोगितामा नेपालको तर्फबाट सहभागि भण्डारीले ८० केजी तौल समूहको फाइटमा स्वर्ण पदक जित्नुभएको थियो । २०४७ सालदेखि तेक्वान्दो खेलमा लाग्नुभएका भण्डारीलाई विभिन्न संस्थाले सम्मान, तथा अभिनन्दन प्रदान गरिरहेको छ । बलेफी गाँउपालिका वडा नं. ३ का वडा अध्यक्ष वीरमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान कार्यक्रममा बोल्दै तामाङले जिल्ला मात्रै नभएर सिंगो मुलुककै नाम विश्वमाझ चिनाउन सक्ने अब्बल क्षमताका खेलाडिलाई सम्मान गर्न पाउदा आपूm निकै हर्षित भएको बताउनुभयो ।
‘उहाँ जिल्लाको मात्र नभएर सिंगो मुलुकको सम्पत्ति हुनुहुन्छ,’ तामाङले भन्नुभयो– ‘यस्ता सम्पत्तिको संरक्षण गर्न हामि सबैले सहयोग र उत्प्रेरणा प्रदान गर्नुपर्दछ ।’ आइतबार विद्यालयमा सम्मान ग्रहण गर्दै भण्डारीले खेलाडिको लागि यस्ता सम्मानले उत्प्रेरणा थप्ने बताउनुभयो । ‘यस्तो सम्मानले खेल क्षेत्रमा लाग्न अझै प्रेरणा मिलिरहेको छ,’ भण्डारीले भन्नुभयो– ‘यो सम्मानको उच्च कदर गर्दै आगामि दिनमा अझै मेहनतका साथ खेलेर तपाईहरुको सम्मानलाई खेर जान दिने छैन ।’ कार्यक्रममा भण्डारीले शिक्षा सँगसँगै स्वास्थ्यलाई पनि पहिलो प्राथमिकतामा राख्नुपर्ने र स्वास्थ्यको लागि खेलकुद अनिवार्य भएको बताउनुभयो ।
भण्डारीले गुण्डागर्दी र विसंगति छाडेर देशको लागि केही गर्ने सिन्धुपाल्चोकका सपूतहरुको ठूलो जमातको अझै आवश्यकता छ भन्दै असल आचरण र व्यवहार प्रदर्शन गर्न विद्यार्थीहरुलाई अनुरोध गर्दै सरकारले शैक्षिक पाठ्यक्रममा पनि खेलकुदलाई समावेश गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । जिल्लामा २०५४ सालमा तेक्वान्दो खेल भिœयाउनुभएका भण्डारीले प्रशिक्षण दिनुभएका प्रशिक्षार्थीहरुले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाई पदक समेत जितिसकेका छन् । यस्ता खेलाडिलाई संरक्षण सरकारले खासै ध्यान नदिएकोमा भण्डारीले दुखेसो गर्नुभयो ।
अन्तर्राष्ट्रियस्तरमा समेत नेपालको गौरव बढाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको स्वर्णपदक दिलाईसक्नुभएका भण्डारी जस्ता हस्तीहरू राज्यले संरक्षण गर्दै खेलकुद क्षेत्रको सम्बद्र्धन एवम् प्रवद्र्धन गर्नुपर्ने देखिन्छ । २२ वर्षदेखि सरकारबाट कुनै तलब अथवा सुविधा समेत नलिइ आपूmले देश र खेलकुदको लागि अनवरत खटिरहेको भण्डारीले बताउनुभयो ।

, , , , ,