कुविण्डेमा तेक्वान्दो ग्रेडिङ सम्पन्न


चौतारा साँगाचोकगढी नगरपालिका– ४ कुविण्डेमा तेक्वान्दोको ग्रेडिङ गरिएको छ । कुविण्डे तेक्वान्दो डोजाङले प्रशिक्षण दिइरहेको खेलाडीको नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति सिन्धुपाल्चोकले ग्रेडिङ गरेको हो ।
प्रशिक्षण सहभागि १८ जना खोलाडीले ग्रेडिङको परिक्षा दिएकोमा आठ जना खेलाडीको डबल प्रमोसन भएको छ । बाँकी सबै १० खेलाडीको समेत प्रमोसन भई पहेंलो पेटी प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता प्रेम भण्डारीले लिनुभएको ग्रेडिङ परीक्षामा आठ जना खेलाडी डबल प्रमोसन भई पहेंलो हरियो पेटी प्राप्त गरेको जिल्ला तेक्वान्दो संघका अध्यक्षसमेत रहेका भण्डारीले जानकारी दिनुभयो । ग्रेडिङ परीक्षामा पुरुष तर्फ मिसन नेपाल र महिला तर्फ अम्बिका दुलाल उत्कृष्ट प्रशिक्षर्थी घोषणा गरिएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका– ४, कुविण्डे स्थित सेतिदेवि माध्यामिक विद्यालय प्रशिक्षक सुशिल भुजेल र जयस कुँवरले प्रशिक्षीत गरेका खेलाडीलाई गत माघबाट प्रशिक्षण सुरु गरिएको तेक्वान्दो खेलमा सहभागि भई प्रमोसन भएकाहरुलाई अध्यक्ष भण्डारीले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
२०५४ देखि जिल्लाको बाह्रविसेबाट सुरु गरिएको तेक्वान्दो खेल अहिले जिल्लैभर विस्तार गरिएको छ । स्वास्थ्य र शिक्षालाई सँगसँगै लैजान तेक्वान्दो खेल सुरुआत गरिएको छ । जिल्ला अध्यक्ष प्रेमका अनुसार अहिले जिल्लामा १७ डोजाङ सञ्चालन भइरहेको छ । स्वास्थ्य, शिक्षाका साथै यो खेलले आत्मरक्षासमेत हुने हुँदा पछिल्लो पुस्तामा तेक्वान्दोप्रति आकर्षण बढेको भण्डारीले बताउनुभयो ।

, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.