हेलम्बुले गर्यो स्वास्थ्य प्रतिवेदन सार्वजनिक

हेलम्बु गाउँपालिकाले पालिका स्तरिय स्वास्थ्य क्षेत्रको वस्तुस्थिति प्रतिवेदन तयार पारी सार्वजनिक गरेको छ ।
महिला आत्मनिर्भरता केन्द्रको सहयोग, फेयरमेड फाउन्डेसनको लगानी तथा हेलम्बु गाउँपालिकाको संयोजनमा बनेको उक्त प्रतिवेदनको समिक्षा सहित प्रतिवेदन सार्वजनिक गरिएको हो । विगतको समिक्षा गर्दै आगामी दिनमा बनाइने योजना र त्यसको कार्यान्वयनमा यसले सघाउ पु¥याउने विश्वास गाउँपालिकाले गरेको छ ।
प्रतिवेदन सार्वजनिकसँगै बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत हेलम्बु गाउँपालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक समेत सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको अध्यक्षतामा बसेको उक्त बैठकमा बहुक्षेत्रीय पोषण सम्बन्धि भएका क्रियाकलापहरुको समिक्षा तथा आगामी कार्य योजनाका बारेमा छलफल तथा निर्णय समेत भएको प्रमुख प्रशासकीय अधिकृत भिमराज कोईरालाले जानकारी दिनुभयो ।

, , , , ,