महिला दिवसमा जिल्लाभर कार्यक्रम


महिला दिवसको अवसरमा सिन्धुपाल्चोकका विभिन्न स्थानमा कार्यक्रम गरिएको छ । प्रत्येक वर्ष ८ मार्चका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपालले पनि विविध कार्यक्रम गरि मनाउदै आएको छ ।
सन् १९११ देखि निरन्तर मनाइदै आएको दिवसको यस वर्षको नारा भने ‘लैगिंक समानताको लागि समान सोच र व्यवहार, सम्वृद्धिको आधार’ भन्ने मूल नारामा साथ मनाइएको छ । १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सिन्धुपाल्चोक जिल्लामा पनि दिवसकै अवसरमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको थियो । ब्राइट भिजन इङ्लिस स्कुलले विविध कार्यक्रम गरि महिला दिवस मनाएको छ भने प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेड र चौतारा साँगाचोकगढी नगरपालिका– ११ ले पनि कार्यक्रम गरेको छ ।

मेलम्ची नगरपालिका– १० को एकिकृत माझी बस्तीमा बाल विवाह र महिला हिंसाका विषयमा प्रशिक्षण प्रदान गरिएको छ । मेलम्ची नगरपालिका र विभिन्न गैरसरकारी संस्थाको आयोजनामा सो प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । चौतारा साँगाचोकगढी नगरपालिका स्थित जुगल बोर्डीङ् इङ्लिस स्कुलले पनि महिला दिवसकै अवसर पारेर आप्mनो विद्यालयमा अध्यापनरत महिला शिक्षकहरुलाई सम्मान प्रदान गरेको छ । विद्यालयका प्रिन्सीपल ओमप्रकाश उप्रेतीले शिक्षिकाहरुलाई सम्मान गर्नुभएको हो ।
इर्खु महिला सञ्जालले पनि महिला दिवसकै अवसर पारेर अन्तर्रक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आप्mनो अधिकार लिनको लागि महिला आफैं अग्रसर हुनुपर्ने भन्दै महिलाहरु पनि पुरुष भन्दा केही कम नभएको सो कार्यक्रममा बताइएको थियो । चौतारा साँगाचोकगढी– ८ का वडा सदस्य टीकामाया श्रेष्ठको अध्यक्षतामा इर्खु माध्यामिक विद्यालयमा सो कार्यक्रम सम्पन्न भएको हो ।
दुई सय १५ जोडीलाई संयुक्त लालपुर्जा
हेलम्बु गाँउपालिकाका दुई सय १५ जोडीले संयुक्त लालपूर्जा निर्माण गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार मालपोत कार्यालय, सिन्धुपाल्चोकको टोली नै हेलम्बु पुगरे लालपुर्जा वितरण गरेको हो ।
हेलम्बु गाँउपालिकाका महाँकाल, इचोक, पाल्चोक, किउल र हेलम्बुका ती घरपरिवारले श्रीमान्को एकल नाममा भएको जग्गा जमिन श्रीमान् श्रीमतीकै संयुक्त नाममा नामसारी गरेका हुन् । महिला तथा पुरुषले जमिनमा बराबर श्रम गरेपनि सम्पत्तीमा भने श्रीमान्को एकल स्वामित्व भएका परिवारले सम्पत्तीमा बराबर स्वामित्व कायम गर्न संयुक्त लालपूर्जा बनाएका हुन् ।
संयुक्त लालपूर्जा निर्माण शिविरमा लालपूर्जा बनाएका जोडीलाई पूर्जा हस्तान्तरण गर्दै यसले महिला र पुरुष दुबैलाई उत्साह थप्ने भएकोले फिल्डमै आएर वितरण गरिएको मालपोत कार्यालय, सिन्धुपाल्चोकका मालपोत अधिकृत शान्ता बस्नेतले बताउनुभयो । ‘सरकारले एक सय रुपैंया राजश्व लिएर संयुक्त नाममा नामसारी गर्ने सुविधा दिएको छ,’ बस्नेतले भन्नुभयो– ‘तर सबै समुदायले यसको बारेमा जानकारी नभएको कारण त्यसको जानकारीको लागि पनि यो शिविर सञ्चालन गरेका हौं ।’ यो शिविरले सरकारले महिलालाई अधिकार दिने निति ल्याएको छ भन्ने सन्देश पनि दिएको अधिकृत बस्नेतले बताउनुभयो ।
अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसकै अवसर पारेर आपूmले पनि लालपूर्जामा नाम लेखाउन पाएकोमा हेलम्बु गाँउपालिका– ४, महाँकालकी गोमादेवी तामाङले खुसी व्यक्त गर्नुभयो । ‘पहिले त जग्गा जसको नाममा भएपनि के फरक पर्छ र जस्तो लागेको थियो,’ तामाङले भन्नुभयो –‘तर सम्पत्तिमा महिलाको पनि हक हुनुपर्छ भन्ने थाहा पाएपछि संयुक्त लालपूर्जा बनाउन आएका हौं ।’ तामाङले यसो भनिरहँदा उनका श्रीमान पनि श्रीमतीको नाममा पनि लालपूर्जा बनाउन पाँउदा आपूmलाई बल्ला एकै रथको दुई पाङ्ग्राको रुपमा श्रीमतीलाई लिन पाएकोमा खुसी व्यक्त गर्नुभयो । विवाह गरेर घरको सबै अधिकार पाए पनि जग्गाको अधिकार भने बल्ल पाएको भन्दै गोमादेवीले सन्तुष्टी व्यक्त गर्नुभयो ।
भूकम्पपछि भूमिमा महिला स्वामित्वको लागि काम गर्दै आइरहेको सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले संयुक्त लालपूर्जा वितरण कार्यक्रम आयोजना गरेको हो । हेल्भेटस नेपालसँगको सहकार्यमा केन्द्रले मालपोत कार्यालयसँगको समन्वयमा सो गाँउपालिकाका विभिन्न स्थानमा यस्तो शिविर आयोजना गरीरहेको छ ।
रामदेविमा नगर महिला सञ्जालको कार्यक्रम

महिला दिवसकै अवसर पारेर रामदेवि माध्यामिक विद्यालयमा चौतारा साँगाचोकगढी नगरपालिकाले एक कार्यक्रम सम्पन्न गरेको छ । ‘लैगिंक समानताको लागि समान सोच र व्यवहार, सम्वृद्धिको आधार’ विषयक सो कार्यक्रममा सहभागीहरु महिला अधिकार एवं महिला हिंसाका बारेमा आ–आप्mनो धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले महिलाहरुले पाएको अधिकारलाई सुनिश्चीत गर्न महिलाहरु अझै सशक्त भएर लाग्नुपर्ने बताउनुभयो । ‘मुलुकका ठूला ठूला परिवर्तनहरुमा महिलाहरुले धेरै महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्,’ तामाङले भन्नुभयो –‘त्यसैले नगरले आयोजना गर्ने कुनै पनि समारोहमा मैले महिलालाई विषेश प्राथमिकताका साथ सहभागी गराउने गरेको छु ।’ कार्यक्रममा बोल्दै चौतारा साँगाचोकगढी नगरपालिका– १० का वडा अध्यक्ष बेलबहादुर महतले नारीहरुको सम्मान गर्न सकेमा मात्रै स्थानीय विकास र सम्वृद्ध वडा तथा नगरको मूख्य आधार खडा हुने बताउनुभयो । त्यसैकारण आप्mनो वडाका हरेक गतिविधिमा महिलाहरुलाई विशेष प्राथमिकतामा राखेको महतले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नगर महिला सञ्जालकी अध्यक्ष मिना नेपालले सचेत र अचेत कुनै पनि अवस्थामा महिलामाथि हुने दुव्र्यबहारको खुलेर प्रतिरोध गर्नु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा सहभागिहरुले म महिला हिंसा गर्दिन र हिंसा सहन्न भन्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गर्नुभएको थियो । कार्यक्रममा नगरपालिकाका माध्यामिक विद्यालयस्तरिय वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न भएको थियो ।
बलेफीमा लोकगित प्रतियोगिता

महिला दिवसकै अवसरमा बलेफी गाँउपालिकामा लोकगीत प्रतियोगिता सञ्चालन भएको छ । महिलाले भोग्नुपरेका समस्या, महिला हिंसाले पारेको असर तथा महिलाले अवसर पाएमा गर्न सक्ने काम र महिलाका क्षमताहरु लोकगित मार्फत प्रस्तुत गरिएको हो ।
लोकगित मार्फत महिलाहरुले अवसर पाए समाज बदल्न सक्ने शक्ति रहेको भन्दै पुरुषले पनि महिलासँग सहकार्य गरेर मात्रै घर चलाउन सक्ने भावना व्यक्त गरीएको थियो । दिनभरी पुरुष सरह काम गरेपनि ज्यालामा भने विभेद भएकोले समान ज्यालाको माग पनि गीतमाफैत प्रस्तुत गरिएको थियो । कार्यक्रममा राजनीतिक संरक्षणले अपराध मौलाएको भन्दै पहुँचको आधारमा समाजमा अपराध बढेको सन्देश दिने गित समेत प्रस्तुुत गरिएको थियो ।
कार्यक्रममा निर्मला हत्यारा पत्ता लगाउन नसकेको विषयमा समेत गीतमार्फत उठान भएपछि प्रदेश सभा सांसद सरस्वती बस्नेतले केहि घटनाहरुमा छानविन गरि सत्यतथ्य पत्ता लगाउन गाह्रो हुने बताउनुभयो । मदन भण्डारी हत्याकाण्ड, राजदरबार हत्याकाण्ड लगाएतको उदाहरण दिदै बस्नेतले यस्ता सुनियोजित घटना चाँडै टुङ्गोमा नपुग्ने बताउनुभयो । कार्यक्रममा बलेफी गाँउपालिकाकी उपाध्यक्ष कमला कायस्थले गीतले महिला अधिकार, समानता र न्यायको लागि गतिलो सन्देश दिएको भन्दै ‘महिलाको हक र अधिकारको लागि महिलाले नै आवाज उठाउनुपर्छ ’ भन्नुभयो ।
समाजसेवा तथा मानव अधिकारमा महिला र बालबालिका(सिविस) को सहयोगमा बलेफी गाउँपालिकाले आयोजना गरेको वडास्तरीय लोक गीत प्रतियोगिता प्रतियोगितामा गाँउपालिकाका सबै वडाको प्रतिनिधित्व रहेको थियो । प्रतियोगितामा प्रथम हुने वडा नं.५, दोस्रो हुने वडा नंं. ६ र तेस्रो हुने वडा नं.४ को समूहलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.