हाम्रो मूल मन्त्र भनेको व्यवसाय नै हो

लामो समयदेखि निर्माण व्यवसायमा संलग्न छत्रबहादुर तामाङ एउटा जिल्लाका आशालाग्दो व्यवसायीको रुपमा दरिनु भएको छ । युवा, लगनशिल एवम् जुझारु व्यक्तित्वका कारण उहाँ सबै व्यवसायीहरुको ढुकढुकी बन्न सफल हुनु भएको छ । प्रस्तुत छ– निर्माण व्यवसायी संघको १४औं साधारण सभा एवम् छैठौं साधारणसभाबाट अध्यक्ष पदमा अत्याधिक मतका साथ निर्वाचित हुनु भएको तामाङसँग निर्माण व्यवसायको पेरिफेरिमा रहेर लोकप्रिय समाचार दैनिकले गरेको कुराकानीको अंशः सम्पादक

अध्यक्ष पदमा अत्याधिक मतका साथ विजयी हुनुभएको छ, यो परिणामलाई कसरी लिनुभएको छ <
मैले अहिलेसम्म यो क्षेत्रमा लागेर गरेको कार्यको मूल्याङ्कन भएको ठानेको छु । खासगरी निर्माण व्यवसायीहरुको हितको निमित्त मैले काम गर्दै आईरहेको छु, त्यसकै प्रतिफल स्वरुप उहाँहरुले मलाई नेतृत्वमा पु¥याउनु भएकोछ । म उहाँहरुप्रति कृतज्ञ छु । र उहाँहरुले दिनुभएको यो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नेछु भन्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहान्छु ।
 
निर्माण व्यवसायलाई सुदृढ बनाउन यहाँको योजनाहरु के–के छन् <
व्यवसायिक एकता गर्दै संस्थागत सुधार गर्ने मेरो पहिलो योजना हो । झट्ट हेर्दा व्यवसायीहरुमा जुन रुपले बेमेल देखिएको छ, जसले गर्दा बढी प्रतिष्पर्धा र काम गर्न ढिला हुने गरेको छ । यसलाई चिर्दै व्यवसायिक एकता गरी सबै व्यवसायीहरुलाई समान रुपले काम पाउने व्यवस्था गर्ने छु । अस्वाभाविक प्रतिष्पर्धा हुन नदिई सामन्जस्यता कायम गर्ने पहिलो प्राथमिकता हुनेछ ।
संघमा पनि केहि समस्याहरु देखिएको छ त्यसकारण संस्थागत विकासको लागि सचिवालयलाई चुस्त र दुरुस्त बनाउने हाम्रो दोस्रो प्रयास हुनेछ । त्यस्तै जिल्लामा निर्माण व्यवसायी संघ सामाजिक उत्तरदायित्वको लागि बढी नै जिम्मेवार थियो । तर बीचको समयमा भने अलि कमजोर भएको हो कि भन्ने देखिन्थ्यो त्यसलाई फेरि पहिलेकै अवस्थामा फकाउन जोड हुने छ । व्यवसायीको सुरक्षाको लागि हामीले विभिन्न योजना ल्याएका छौं, त्यो योजना कार्यान्वयनका लागि दृढ भएर लाग्नेछौं ।

संघमा राजनीति हावी भयो भन्ने धेरैको गुनासो सुनिन्छ, यसलाई कसरी सम्बोधन गर्नुहुन्छ <
सबै कुराको मियो राजनीति भएको हुँदा व्यवसायीहरु पनि राजनीतिबाट अछुतो रहन सक्दैनन् । यो सबैले बुझेकै कुरा हो । हामी जो व्यवसायी भएर संघभित्र छिछौं, त्यतिखेर हामी विशुद्ध व्यवसायी मात्रै हुन्छौं । हाम्रो मूल मन्त्र भनेको व्यवसाय नै हो । व्यवसायमा छिर्दा सबैले आफ्नो राजनीतिक दलको स्वार्थ भन्दा अलिकति माथी उठेर काम गर्न सक्नुपर्छ । व्यवसायिक ऐक्यबद्धतामा हामी सबै जुट्नु आजको आवश्यकता हो । यो कुरालाई मध्यनजर गर्दै सम्पूर्ण व्यवसायीहरुलाई राजनीति भन्दा माथी उठेर काम गर्न पहल गर्ने योजना रहेको छ ।

भूकम्पले ध्वस्त बनाएका संरचनाहरुको निर्माणको क्रम चलिरहेको छ, तर व्यवसायीहरुले न्यून रकममा ठेक्का प्राप्त गर्ने प्रचलन बढेको छ, जसले गर्दा निर्माण कार्य गुणस्तरीय भएको पाईदैन । यसलाई प्रवृत्तिलाई रोक्न के गर्नुहुन्छ <
यसको प्रमुख कारण भनेको सरकारी नीति नियम हो । सरकारी नीतिमा लो बिट टेण्डर (जसले घटी हाल्यो त्यसलाई ठेक्का दिने) प्रकृया छ । सबैभन्दा गलत प्रकृया यो हो । हामी त्यो नीति प्रकृयाको खारेज चाहन्छौं । त्यसको लागि हामीले विभिन्न विकल्प पनि दिएका छौं । जस्तैः लो बिट टेण्डर को सट्टा एभे्रज ब्रिडिङ, थर्ड लवेस्ट ब्रिडिङ गर्न सकिन्छ भनेर हामीले नेपाल सरकारलाई भन्दै आएका छौं । हाम्रो प्रमुख माग भनेकै सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ लाई संसोधन गर्नुपर्छ भन्ने हो । यो ऐन र नियमावलीमा धेरै त्रुटीहरु रहेका छन् । जबसम्म धेरै बिलो जाने व्यवसायीहरुलाई ठेक्का दिने प्रचलनको अन्त्य हुँदैन त्यस बेलासम्म हामी सरकारसँग यहि कुराको माग गरिरहनेछौं ।
नेपालमा विभिन्न कारणले ६ महिना भन्दा बढी काम गर्न सक्ने अवस्था छैन । हाम्रो आर्थिक वर्ष साउनमा सुरु हुन्छ, असारमा बजेट भाषण गरिएता पनि निकासा आउनलाई भदौं÷असोजसम्म लाग्छ । त्यसपछि स्टिमेट, टेण्डर प्रकृया लगायतको काम गर्दा हामीले गर्ने काम भनेको फागुन÷चैतबाट मात्रै सुरु हुन्छ । केहि महिना काम गरेपछि मनसुन सुरु हुन्छ र फेरि काम गर्न सकिदैन । यस्ता विविध कारणले नेपालमा ठेक्का व्यवसाय ढिलो हुने, त्रुटी हुने गर्दछन् । यसलाई अन्त्य गर्न एउटा गतिलो कानुन बनाउने र त्यसलाई कार्यान्वयन गर्न सबै सरोकारवालाहरु तत्पर हुने हो भने विकास निर्माणका काम गर्न धेरै समय लाग्छ जस्तो मलाई लाग्दैन ।

राष्ट्रिय गौरवका आयोजनाहरु तोकिएको समयभन्दा ढिला हुने समस्या देखिएको छ, यसलाई कसरी नियमन गर्न सकिन्छ <
हाम्रै जिल्लाको मेलम्ची खानेपानी आयोजनाको कुरा गरौं, पहिला इटालियन कम्पनी सिएमसीले मूल ठेम्का लिए पनि सिन्धुपाल्चोकका अधिकांश व्यवसायीहरुले सिएमसीसँग काम गरिरहेका थिए । जब आयोजनाको र सिएमसीको कुरा मिलेन त्यसपछि ठेकेदार फिर्ता हुने कुरा आयो तर उसले निर्वाह गर्नुपर्ने दायित्व निर्वाह गरेन । जसले गर्दा जिल्लाका सयौं व्यवसायीहरुले करोडौं रुपैंया सिएमसीसँग लिनुपर्ने देखिन्छ । अब सरकारले ठेकेदारले के कारणले गर्दा ठेक्का रद्द गर्नुप¥यो भन्ने अनुसन्धान गरी साना व्यवसायीहरुलाई उसले तिर्नुपर्ने रकम भुक्तानी गर्ने वातावरण तयार गर्नुपर्छ ।
अर्को खाडीचौर–जिरी सडकखण्ड निर्माणको क्रममा व्यवयसायीहरुको पनि केहि त्रुटी गरेका छन्, तर जग्गाको क्षतिपूर्तिको विवाद, काम रोक्ने प्रवृत्ति, बढी बिलो जाने, मौसमको कारणजस्ता विविध कारणले काम ढिला भएको छ । यसलाई तदारुकताको साथ व्यवसायीहरुले छिटो सम्पन्न गर्नुपर्छ । यसमा व्यवसायीहरु प्रतिबद्ध हुन जरुरी छ । त्यस्तै सरकारी तर्फबाट पनि यस्ता आयोजानहरु छिटो सम्पन्न गर्न लागि पर्नुपर्छ । त्यसो हुन सक्यो भने आयोजनाहरु समयमानै सम्पन्न हुनेछन् ।

साना तथा नयाँ व्यवसायीहरुलाई व्यवसायमा टिकाईराख्न संघले के योजना बनाएको छ <
संघले सबैभन्दा पहिला साना व्यवसायीहरुको हितमा विभिन्न योजनाहरु ल्याउने छ । साना व्यवसायीहरुसँग पूँजिकम हुन्छ । जो सँग पूँजि कम हुन्छ त्यसले ठेक्का पाउने सम्भावना कम हुन्छ । त्यसकारण मेरो कार्यकालमा साना व्यवसायीहरुलाई गोलबन्द गराई निर्माण सहकारी बनाउने योजनामा छु । जसले साना व्यवसायीहरुको लागि निश्चित अवधिको लागि सहयोग गर्ने काम गर्छ । यो गर्दा त्यस्ता व्यवसायीहरुले काम पाउने र व्यवसाय सञ्चालन गर्न पनि सघाउने छ भन्ने ठानेको छु । यो सहकारी तत्कालै गठन गर्नेछौं ।
अहिले गाउँपालिका, नगरपालिकाहरुमा उपभोक्ता समितिहरुलाई प्राथमिकता दिई साना व्यवसायहरुलाई ठेक्काबाट विमुख बनाउने कार्य भईरहेको छ । त्यसको अन्त्य गर्न सबै पालिकासँग छलफल गछौं र पारदर्शीताको लागि, मितव्ययीताको लागि उपभोक्ता समिति भन्दा ठेक्का प्रणाली उत्तम हुन्छ भनेर बुझाउने प्रयत्न गर्नेछौं । र उपभोक्ता समितिलाई पनि निर्माण व्यवसायीको विकल्प तपाईहरु होईन । उपभोक्ता समितिले निश्चित कामहरु गर्ने, म्याचिङ फन्टमा काम गर्ने, विकासको साझेदारीको रुपमा रहने कुरामा उहाँहरुसँग सहकार्य गर्दै अगाडि बढ्छौं ।
यो तीन वर्षको बीचमा साना व्यवसायीहरुलाई प्राथमिकतामा राख्दै सुरक्षा, विमा, व्यवसायीहरुको छोरोछोरीको शिक्षामा सहयोग गर्दै निर्माण व्यवसायी संघको मेरो कार्यकाललाई सुनौलो बनाउने प्रयत्नमा लाग्नेछु ।

अन्त्यमा,
निर्माण व्यवसायी संघमा निर्वाचित भईरहँदा यो क्षेत्रमा यस भन्दा अगाडि केहि पक्ष विपक्षहरु भए होलान् तर अब म कुनै पनि व्यवसायीहरुलाई पक्ष विपक्षको घेराबाट बाहिर ल्याउने प्रयत्न गर्नेछु । म सबै पक्षको साझा हुँ भन्ने उहाँहरुलाई विश्वस्त गराउन चाहान्छु । अर्को म यो स्थानसम्म आईपुग्नको लागि यस संघका संस्थापक सदस्यहरु, अग्रज निर्माण व्यवसायीहरु, सुभचिन्तक, सञ्चारकर्मी, राजनीतिक दल, स्थानीय तह सबैलाई धन्यवाद प्रकट गर्दै निर्माण व्यवसायी संघमा निर्वाचित भईसकेपछि सबैसँग हातेमालो गरेर यो कार्यकाललाई ऐतिहासिक बनाउने कुरा विश्वास दिलाउन चाहान्छु । जिल्लाको सुख दुःखमा जिम्मेवारी वहन गर्दै संघको उद्देश्य अनुरुप काम गरी विकासका गतिविधिहरुलाई सशक्त ढंगले सञ्चालन गर्ने संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

, , ,