माघ महिनामा मात्रै १२० महिलामाथि हिंसा ।


महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन, माघ, २०७५
महिला पुनस्थाृपना केन्द्र (ओरेक) ले गत माघ महिनामा मात्र १२० महिला माथि हिंसा भएको घटना अभिलेखीकरण गरेको छ । ओरेकको कार्यालयमा अभिलेखीकरण भएका तथा राष्ट्रिय दैनिक पत्रपत्रिकामा प्रकाशित तथ्याँकका आधारमा माघ महिनामा मात्र जम्मा १२० जना महिलाहरुमाथि हिंसा भएको पाइएको छ । जसमध्ये २९% (३५ जना) माथि शारीरिक हिंसा, १४% (१७ जना) मानसिक हिंसा, २४% (२८ जना) बलात्कार, ९% (११ जना) स्रोत सुविधाबाट बञ्चितीकरण, ८% (९ जना) हत्या, ५% (६ जना) यौन दूव्र्यवहार, २–२% (३–३ जना) हत्या प्रयास र बलात्कारको प्रयास, ७% अन्य (छाउपडि २, बेचविखनको प्रयास १, बेचविखन १, बेपत्ता २, आत्महत्या १) हिंसा भएको तथ्यांक अभिलेखीकरण गरिएको छ ।हिंसा प्रभावित महिलाहरु मध्ये १७ देखि २५ बर्ष उमेर समूहका ३५% महिलाहरुमाथि सबैभन्दा बढी हिंसा भएको तथ्याँक संकलन भएका छन् । त्यसैगरी २६ देखि ३५ बर्ष उमेर समूहका ३०%, १६ वर्ष मुनिका २२%, ३६ देखि ४५ बर्षका ९% र ४५ बर्ष देखि माथिका ३% महिलाहरु हिंसामा परेको तथ्यांक अभिलेखीकरण भएको छ । हिंसामा परेका महिलाहरु मध्ये सबैभन्दा बढी ३६% श्रीमानबाट, २५% छिमेकीबाट, १६% परिवारका सदस्यहरुबाट, , १२% कुनैपनि सम्बन्ध नभएका अपरिचित व्यक्तिहरुबाट, ७% साथीहरुबाट र २–२% शिक्षक र आफुले आत्मीय ठानेका साथीहरुबाट बाट हिंसामा परेको पाइएको छ ।निस्कर्षमहिला माथि हुने हिंसाको अन्त्य विना देशमा सामाजिक न्याय तथा दिगो शान्ती स्थापना हुन सक्दैन । देशको आधा भन्दा बढी जनसंख्यालाई पाखा लगाएर देशले दिन खोजेको सशक्तिकरण र समृद्धिको बाटो यही अवस्थामा सफल हुन सक्दैन । त्यसैले देशमा दिगो शान्ति स्थापन गर्न, लोकतन्त्रलाई बलियो बनाइ संस्थागत गर्न, मानव अधिकारको सम्मान गर्न दिगो विकास र समृद्ध नेपाल सुखी नेपालीको सपनालाई सकार पार्न महिला माथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्नु अत्यन्त आवश्यक छ ।



,