लागार्चेमा गरियो संवाद


पाँचपोखरी थाङ्पाल गाउँपालिका– ८, लागार्चेमा रुपान्तरणमा विद्यार्थी, किशोरी तथा रिफ्लेक्टभित्रका महिला तथा पुरुषहरुबीच अन्तरपिँढी संवाद कार्यक्रम भएको छ ।
महिला आत्मनिर्भरता केन्द्रको निष्पक्ष तथा समतामूलक न्यायमा पहुँच सुदृढीकरण परियोजना अन्तर्गत सो कार्यक्रम भएको हो । छलफल कार्यक्रममा महिनावारी अथवा रजश्वलाबारे विद्यार्थी, किशोरी तथा महिला, पुरुषका धारणा लिई यसका वास्तविकताका बारेमा प्रष्ट पारिएको थियो । सहभागीहरुमा रहेका गलत बुझाइलाई स्पष्ट पारिएको सो छलफलमा सहभागीहरुले महिनावारी हुँदा गरिने गलत व्यवहार नदोहो¥याउने प्रतिबद्धता जनाएको सहजकर्ता डम्बर रसिक भारतीले जानकारी दिनुभयो ।
कार्यक्रमको औचित्यबारे परियोजना प्रमुख मुकुन्द पाण्डेले प्रष्ट पार्नुभएको थियो । यस्तै प्रकृतिको कार्यक्रम यसअघि फागुन २७ गते पाँचपोखरी थाङ्पाल गाउँपालिका–, बाँसखर्कमा सम्पन्न भइसकेको छ ।

, , ,