पत्रकार महासंघ सिन्धु शाखाले सुरु गर्यो सदस्यता शुद्धिकरण

९ जना पत्रकारको सदस्यता नविकरण नगरिने
नेपाल पत्रकार महासंघ सिन्धु शाखाले सदस्यता शुद्धिकरण अभियान सुरु गरेको  छ । पहिलो चरणमा महासंघले आफ्ना ९ सदस्यको सदस्यता नविकरण नगर्ने जनाएको छ ।
सोमबार बसेको महासंघको नियमित बैठकले आफ्नो संस्थाको सदस्यता लिई स्थानीय तह निर्वाचनमा र प्रतिनिधि तहको निर्वाचनमा उम्मेदवार भएका सदस्यहरुको सदस्यता नविकरण नगर्ने निर्णय गरेको हो ।
स्थानीय तह निर्वाचनमा शाखाका सदस्यहरु लक्ष्मी पौडेल, भक्तबहादुर बोहोरा, बालकृष्ण तिमल्सिना, विनोद खनाल र राजन न्यौपाने उम्मेदवार बन्नुभएको थियो । जसमध्ये लक्ष्मी पौडेल सुनकोशी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
त्यस्तै विदेशमा रहेका शाखाका सदस्यहरुको समेत सदस्यता नविकरण नगरिने महासंघका सचिव दिनेश थापाले बताउनुभयो । बैठकले शाखाको सदस्य रही वैदेशिक रोजगारीमा रहनुभएका प्रेम बानिया, हरिदेवी रोकाय, सरोज ढुङ्गाना र शैलेन्द्र श्रेष्ठको सदस्यता नविकरण नगर्ने निर्णय गरेको थापाले बताउनुभयो ।
साथै बैठकले विभिन्न सरकारी निकायमा रोजगारीमा रहेका, संघ संस्थामा रहेर काम गरिरहेका, राजनीतिक दलमा आबद्ध भई क्रियाशिल रहेका शाख सदस्यहरुलाई चैत्र महिना भित्र महासंघको सदस्यता या पेशा व्यवसाय रोज्नका लागि अनुरोध गर्दै पत्र पठाउने निर्णण समेत गरेको छ ।
पत्रकार महासंघको केन्द्रीय समितिको निर्णय अनुसार केन्द्रले तोकेको समयसीमाभित्र सदस्यता नविकरणका लागि शाखामा आबद्ध भएका सबै सदस्यहरुलाई अनुरोध गर्दै बैठकले नविकरण गर्दा आपूm क्रियाशिल रहेको प्रमाण पेश गर्न समेत आग्रह गरेको छ । सदस्यता नविकरण चैत्र मसान्तसम्म गरिने जनाईएको छ ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.