सप्ताहमा उठ्यो ४७ लाख ५० हजार

शिवपार्वती गणेश मन्दिर निर्माणका लागि मेलम्ची नगरपालिका– ११ बजारमा लगाइएको श्रमद्भागवत ज्ञानमहायज्ञ सम्पन्न भएको छ । मन्दिर निर्माणका लागि विभिन्न दाताहरुले दान गर्नुभएको छ ।
महायज्ञबाट ४७ लाख ५० हजार रुपैयाँ संकलनभएको महायज्ञ आयोजक समितिका सचिव पूर्ण बानियाँले जानकारी दिनुभयो । महायज्ञमा एक लाखभन्दा बढी दान गर्नेलाई प्रमुख संरक्षक बनाइएको छ । ११ व्यक्ति र एक संस्थाले एक लाखभन्दा बढी रकम प्रदान गर्नुभएको छ । अमेरिका बस्ने रामकृष्ण श्रेष्ठले सबैभन्दा बढी दान गर्नुभएको आयोजकले जनाएको छ । उहाँले ४ लाख २५ हजार दान गर्नुभएको हो ।
आयोजक समितिका अध्यक्ष भीमनारायण श्रेष्ठले ३ लाख ३३ हजार ३ सय ३३ दान गर्नुभएको छ भने प्रेमनारायण लामिछानेले २ लाख ५० हजार दान गर्नुभएको छ । यसैगरी एक लाखभन्दा बढी दान गर्नेमा दिनेश बस्नेत, रामकृष्ण चालिसे(जगन्नाथ), निर्मला श्रेष्ठ, सुवास बानियाँ, शेरबहादुर श्रेष्ठ, भीमप्रसाद दुलाल, जगन्नाथ शाह र पुष्करप्रसाद धिताल हुनुहुन्छ । सिन्धुपाल्चोक वाणिज्य संघले पनि एक लाखभन्दा बढी रकम दान गरेको छ ।
इन्द्रेश्वरी माविले उपलब्ध गराएको जग्गामा छिटै मन्दिर निर्माण कार्य शुरु हुने आयोजक समितिका कोषाध्यक्ष रामकृष्ण चालिसे (जगन्नाथ) ले जानकारी दिनुभयो । महयज्ञको प्रमुख वाचकमा पण्डित रामचन्द्र आचार्य र उपवाचकमा देवेन्द्र नेपाल हुनुहुन्थ्यो ।


, , ,
Lokpriyasamachar@. Powered by Blogger.