बन्देउको जग्गा विवाद सतहमा

त्यो भुभाग सिन्धुपाल्चोक कै हो –अमानसिं

लामो समयदेखि काभ्रेपलाञ्चोकले दाबि गर्दै आएको दोलालघाटदेखि बन्देउसम्मको भू–भाग सिन्धुपाल्चोककै भएको चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख अमानसिं तामाङले दाबी गर्नुभएको छ । नेपालको नक्सादेखि सिन्धुुपाल्चोकको नक्सामा समेत दोलालघाट पुलसम्मको भूभाग सिन्धुपाल्चोककै रहेकोले आफ्नो कार्यकाल अवधिमै सो भू–भाग ल्याउन आफूले छलफल सुरु गरेको तामाङले बताउनुभयो ।

जसको हो उसैले उपभोग गर्छ –गुमानध्वज

दोलालघाट पुलदेखि बन्देउसम्मको भू–भाग दुबैतिरकाले दाबी गरिरहेका छन् । नापीको समयमा काभ्रेका तत्कालिन सांसद गोविन्द उप्रेतीले आफ्नो भोट बढाउनको लागि सो भू–भाग कब्जा गरेको भएपनि सो भाग सिन्धुपाल्चोकै भएको तामाङले दाबी गर्नुभएको हो । सो भू–भाग फिर्ता गर्ने सम्बन्धमा जिल्लाका विभिन्न तहका व्यक्तिहरुसँग आपूmले अन्तरक्रिया गरिहेको तामाङले बताउनुभयो । ‘दोलालघाटदेखि बन्देउसम्मको भू–भाग हाम्रो सम्पत्ति हो,’ तामाङले भन्नुभयो– ‘हाम्रो सम्पत्ति भएकोले त्यसको उपभोग गर्न पनि हामीले नै पाउनुपर्छ ।’
काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाँउपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले भने नापी हुँदाको बखतमा सो ठाँउ काभ्रेकै देखिएकोले आपूmहरुले भोगचलन गरिहेको बताउनुभयो । बन्देउ क्षेत्र काभ्रेकै पर्ने देखिएकोले आपूmहरुले दोलालघाटको प्रहरी चौकी नै त्यहीँ सार्ने तयारी गरिरहेको कुवँरले बताउनुभयो । ‘त्यो क्षेत्र हाम्रै देखिएकोले हामीले उपभोग गरिरहेका हौं,’ कुवँरले भन्नुभयो– ‘दुबै पक्ष बसेर छलफल गर्दा जुन पक्षको देखिन्छ उसैले भोग गर्न हामी तयार छौं ।’ कुवँरले अरनिको राजमार्ग बिस्तार गर्नको लागि बन्देउमा रहेका अस्थायी टहरा हटाउन आपूmहरुले सूचना जारी गर्ने तयारी गरिरहेको पनि बताउनुभयो । सो भू–भाग अहिले भुम्लु गाँउपालिकाको वडा नं. ८ को भू–भाग भएको उहाँले बताउनुभयो ।
सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको उपसभापति बालकुमारी सापकोटाले भोगचलनको हिसाबले सो भू–भाग काभ्रेको जस्तो देखिएपनि नक्सा र कागजातको आधारमा भने सिन्धुपाल्चोककै हुनसक्ने बताउनुभयो । ‘नक्सामा दोलालघाटको आधा पुलसम्म सिन्धुपाल्चोककै भएको सूचना पाएका छौं,’ सापकोटाले भन्नुभयो– ‘यस विषयमा जिल्लाको आन्तरिक तयारी गरेर कताको हो निश्चित भएपछि काभ्रेसँग पनि बसेर टुङ्ग्याउनेछौं ।’
चौतारा साँगाचोकगढी नगरपालिका– ११ का वडासदस्य दधिराम पराजुलीले दुई पटकको नापीको कारण सो भू–भाग विवादमा परेको बताउनुहुन्छ । ‘२०३३ सालमा काभ्रेपलाञ्चोक जिल्लाको नापी गर्दा सो भुभागलाई सिन्धुपाल्चोक भनेर नापी गरियो,’ पराजुलीले भन्नुभयो–‘त्यसपछि २०४५ सालमा भएको सिन्धुपाल्चोक जिल्लाको नापीमा काभ्रेपलाञ्चोक जिल्ला भनेर फेरि त्यो ठाँउ छुटेको छ ।’ नापीको समयमा काभ्रेको महादेबटार खोलासम्म मात्रै काभ्रे तर्फबाट नापी भएको उहाँले बताउनुभयो ।
नापी नभएपनि काभ्रेका तत्कालीन सांसद उपे्रतीले त्यस भेगमा पर्ने बुढाथोकीटारका जनताको नागरिकता काभ्रे जिल्लाबाटै बनाउन लगाई आप्mनो भोट बैक सुरक्ष्ीित गरेको पराजुली बताउनुहुन्छ । त्यसपछि नागरिकतामा ठेगाना काभ्रे भएकै कारण काभ्रेले सो ठाँउ आप्mनो दाबी गर्दै आएको पराजुलीले बताउनुभयो । महादेबटार खोला नै काभ्रे र सिन्धुपाल्चोकको वास्तविक सीमाना रहेको नक्साहरुले प्रष्ट पार्ने उहाँले बताउनुभयो । अहिले दहत्तर बहत्तरको रकम स्थानीय निकायले पाउने भएपछि त्यसकै लोभमा काभ्रेको भुम्लु गाँउपालिकाले सिन्धुपाल्चोकको भू–भागमा पिल्लर गाड्न लागेको उहाँले बताउनुभयो ।
२०३३ सालमा भएको नापीमा सो बुढाथोकीटार सिन्धुपाल्चोकको साँगाचोक गाविसको वडा नं. ५ मा पथ्र्यो । त्यसै समयमा गाविसको स्थानिय निर्वाचनमा बुढाथोकीटारकै श्रेष्ठ थरका एकजना सदस्य समेत निर्वाचित भएको पराजुलीले बताउनुभयो । त्यसपछि भने त्यो स्थान काभ्रेको भएकोमा आपूm अचम्मित भएको पराजुलीले बताउनुभयो । काभ्रेले सो ठाँउ आप्mनो भनि सीमा स्तम्भ राख्न लागिसक्दा समेत सिन्धुुपाल्चोकका नगरपालिका, जिल्ला समन्वय समितिले भने चासो नदेखाएकोमा पराजुलीले दुःख व्यक्त गर्नुभयो ।
काभ्रेको भुम्लु गाँउपालिका– ८ का वडा अध्यक्ष मोतिलाल तामाङले भने त्यस क्षेत्रका कसैसँग पनि लालपूर्जा नभएकोले यसै भन्न नसक्ने अवस्था नभएको बताउनुभयो । सो भू–भागका बन्देउ, बुढाथोकीटार, बेलडाँडा, डुम्रीघाट लगाएतका बस्तीहरुमा कसैको पनि लालपूर्जा नभएकोले उनीहरुले वडा कार्यालयमा तिरेको मालपोतमै आधारमा मात्रै किनबेच भैरहेको बताउनुभयो । ‘बन्देउ वरिपरिका वनक्षेत्र सामुदायिक वनको रुपमा काभ्रे मा दर्ता भएको छ,’ तामाङले भन्नुभयो– ‘त्यसैकारण पनि सो क्षेत्र काभ्रेकै हो, नक्सा पनि काभ्रेकै छ ।’ लालपूर्जा नभएका कारण सो क्षेत्रको बारी मानो, पाथी, मुठी र विजनको आधारमा र खेल मुरी र माटोको आधारमा कारोबार भैरहेको तामाङले बताउनुभयो । दुई पटक नापी नक्सा हुँदा सो स्थान पहिलो पटक सिन्धुपाल्चोक र दोस्रो पटक सीमा हेरफेर भई काभ्रेको भू–भागको रुपमा कायम भएको उहाँले बताउनुभयो ।


, , ,
Lokpriyasamachar@. Powered by Blogger.