मुन्द्रेद्वारा मृगौला पीडितलाई सहयोग

कलाकार जीतु नेपाल ‘मुन्द्रे’ले सिन्धुपाल्चोक घर भएका एक मृगौला पीडितलाई आर्थिक सहयोग गर्नुभएको छ । उहाँले मृगौला पीडित २२ वर्षीय आशिष धमलालाई २५ हजार नगद रुपैयाँ सहयोग गर्नुभएको हो ।
नेपालले उक्त सहयोग आफ्नो कमेडी शोमार्फत सहयोग गर्ने घोषणा गर्नुभएको हो । शोमा निर्देशक तथा कलाकार दीपाश्री निरौलाले पनि १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । नेपालद्वारा सञ्चालन हुँदै आएको ‘मुन्द्रे कमेडी सो’ मा सहयोग गरिने घोषणा गरिएको हो । पीडित धमलाले युवा अवस्थामा दुवै मृगौला फेल भएका कारण बचाउनको लागि सहयोगको याचना गरिरहेका छन् ।
आफ्नै गृहजिल्लाको एउटा युवा मृगौला पीडित भई सहयोगको लागि याचना गरिरहेको अवस्था देखेर आफूहरुले सानो रकम सहयोग गरेको कलाकार जीतु नेपालले बताउनुभयो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.